Friday, July 14, 2017

"करान्तिकारी" र "क्रान्तिकारी"


      

       



                     "करान्तिकारी" र "क्रान्तिकारी"
           ******************************



"क्रान्ति" गर्छौ भन्ने करान्तिकारी
काला "चिलहरु"का हुल  बिरुद्द
नै क्रान्ति गर्ने
र परास्त गर्ने .....
(अहो!क्रान्ति गर्छौ भन्ने  हरुकै बिरुद्द क्रान्ति आश्चर्यजनिक आश्चर्यता के होला या भन्दा !)

क्रान्तिकारी "सेता परेवा"का समुह बढे भने ?
(अहो ! शब्दैमा भिन्नता ? काला चिलहरुका "हुल" "करान्तिकारी"! सेता परेवाहरुका "समुह" "क्रान्तिकारी"
 आश्चर्जनिक आश्चर्य के हुन्छ या भन्दा !  )

****************************************************************************


"सेता परेवा " देख्नै नसक्ने
देख्ने बित्तिकै झम्टिने ,
आहारा बनाउने ,
ढुकेर,
र ,गुडमै पसी समेत !
काला चिलहरु,
( बाच्नु को लागि आहाराको लागि अन्य खाना खोजि मा भौतारिनु भन्दा परेवा नै खानु गुड मै पस्नु आश्चार्यजनिक आश्चर्य हैन !)
****************************************************************

काला चिलहरुका बिरुद्द
सेता परेवा बढे भने .......
सेता परेवाका आहारा
बिस्कुन मात्र नभै
काला चिलहरु हुन थाले भने ?
र समुह बढेर
आहाराको खोजीमा गुड मै पसे भने ?
(साना सेता परेवा ले ठुला काला चिल आहारा बनाउनु या भन्दा ठुलो आश्चर्यजनिक आश्चर्य के होला ?! धेरै शंख्याका चिलहरूलाइ  थोरै शंख्याका परेवाले आहारा बनाउनु झन् ठुलो आश्चर्यजनिक आश्चर्यता !!)

******************************************************************************

हो !
काला चिलहरु "परिवारनियोजन"गर्दै जालान
र गर्न बाध्य होलान !
सेता परेवाहरु "फ्याम्ली प्लानिङ्ग"...........................................................................


*********************************************************************
 - [ माथि सानो कोष्ठ ( ) मा उल्लेख बर्बराहट ,एउटा बर्बराहटसंग अर्को परस्पर बिरोधि  बर्बराहट हो  । ]





 कालाचिलहरुको
"बन्ध्याकरण"गर्दिने आखिर
 सेतै परेवाले न हो ! ...............................

।।।।।।।।।









-siudileep
असार/0७४








No comments:

Post a Comment

भागदौड

 किन भरीरहेछन्  अञ्जली-अञ्जली,  मुठ्ठी-मुठ्ठी  बालुवा ।  र दौडिरहेछन् जोडजोडले  च्याप्दै अञ्जली, जोडजोडले  कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...