Friday, July 14, 2017

बिचरा ! परेवा !!





बिचरा ! परेवा !!
***************






बिचरा"परेवा"!
बथान"सारौ"हरुको सल्बलाहट
र,कोलाहलमा
घुरघुराहट चुपचाप……
शान्त घुरघुर,कोलाहलले
दबिएपछि।
चारो टिप्न गुडबाट ओर्लनुमै
सकस!
उनिहरुकै पकडमा छ सबै "चिज" (परेवा बस्ने सत्तल,बतासि,गुड,चर्ने ठाउँ,स्वतन्त्र उड्ने आकाश समेत,मिठो शान्त,सालिन घुर्घुराहट दब्ने भैहाल्यो कोलाहलमा अनि आवाज दबिनु नौलो कुरै भयन,अनि आहारा ,चारो समेत बथान सारौको हालीमुहाली भापछी सबै सबै सबै पकडमा छ सारौहरुको !)
परेवाहरु……
सधै ,सधै,सधै…………
मौन,
शान्त,
शालिन(ठुग्न आउने सारौहरु सङ्ग अस्थित्त्व रक्षामा गुपचुप गुपचुप"अँध्यारो" कतै भित्री कुनामा/ओसिलो गुडमा) ।

No comments:

Post a Comment

भागदौड

 किन भरीरहेछन्  अञ्जली-अञ्जली,  मुठ्ठी-मुठ्ठी  बालुवा ।  र दौडिरहेछन् जोडजोडले  च्याप्दै अञ्जली, जोडजोडले  कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...