Tuesday, April 24, 2018

बर्बराहट -- "भ्रम टु भ्रम" (?) [ "अभ्रम" ! ........]

बर्बराहट --
"भ्रम टु भ्रम" (?) [ "अभ्रम" ! ........]
**********************************************
Image may contain: cloud, sky, tree, outdoor and natureबाल्टिन लिगेर
दुध दोइरहेको भ्रम छरिरहेछौ..
र,
दुध नदिएको भन्दै
पोसिरहेछौ
पोसिलो खाना !
दुध नदिएकोमा
सुमसुम्याई रहेछौ
लगातार...
र ,भनिरहेछौ
दुध दोइरहेछौ
आउन बाकि छ,
तिम्लाई राम्ररि था हुदाहुदै
[तिम्ले पगारिरहेको] "साढे" हो भन्ने !
छरिरहेछौ भ्रमको बिउ
र उब्जाइरहेछौ/गरिरहेछौ भ्रमका खेति ।
-------------------------------------------------
धेरै भ्रम....भ्रमका
भ्रमहरु जियौं-
घुमेर पुगिने त्यहि हो...
जहाबाट
"फन्को लगाई"हरु सुरु गर्यौं !
र,
घुमिरह्यौं ....
अनि पुगिरह्यौं
उही !
आउ अब अर्को भ्रम...
भ्रमका भ्रमहरु...[जोखिम हरु]
[लिऔं] जिऔं -
अनन्त [तिरका] ....!
[दौडाइहरु .... /
यात्राहरु ...
गरौ.....]
बरु,
गन्तब्य नभेटिने गरि नै !

No comments:

Post a Comment

भागदौड

 किन भरीरहेछन्  अञ्जली-अञ्जली,  मुठ्ठी-मुठ्ठी  बालुवा ।  र दौडिरहेछन् जोडजोडले  च्याप्दै अञ्जली, जोडजोडले  कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...