Thursday, August 22, 2019

शान्ति vs निद्रा



शान्ति vs निद्रा
    --------------


नबजाउनु मलाई !
'शान्ती' खल्बलिन्छ
[र उड्छ ………]।

शान्ती खल्बल्याई
ब्युझाउनु कस्लाई छ र?

न ब्युझन्छौ - 'तिमी' !
न ब्युझन्छ - 'भित्रको कैद मुर्ती' ।

Sunday, August 4, 2019

तिमी आउनु,
टक्क घडी रोकिनु ।
[ "मुटु" रोकिनु फरक कुरा हो ]
र,
समय नै रोकिएको भ्रम हुनु !

अनि,
तिमी जानु
टिकटिक टिकटिक ......टिकटिक ...
घडि चल्नु ।
["मस्तिष्क" चल्नु फरक कुरा हो ]
र ,
समय नै चलेको भ्रम हुनु !

स्प्न खेती।
 यसैमा.............यस्तैमा ..............
मैले  "तिमी "सोच्नु ,
तिम्ले "म " सोच्नु
सायद ! !
सायद !

यस्तै भ्रम थियो कि?

अर्को स्वप्न खेती(को) ।।

("तिमि" र "घडी"-
 ...खासमा  "उनि /उ/तिमि/ दृश्यात्मक पात्र  ,"  र "/समय " नहुन (?)सक्छन यहा ।  तर हुन (?)पनि सक्छन  यहा ! बर्बराहट पनि  बिम्बात्मक होलार ? तर कहिले काही नहुन भन्न सकिएला र ? 

Monday, May 6, 2019

स्वार्थ


   स्वार्थ
  ******

सिमाहरू तोक्दा तोक्दै
भागबन्डा लाउदा लाउदै
सम्पुर्णको 'मालिक'
बन्ने उन्माद आउने नै भयो !

स्वार्थका
पर्खाल खडा गर्न माहिर
'मानव'
आफ्नै शरीरका अङ्गहरूमा त
'भेदभाव' गर्छ

"कार्य विभाजनको आधार निर्धारण गरी
महत्व छुट्याउछ ।"

Tuesday, February 5, 2019

!!!



चिटचिट पसिना आउदैको
थकित शरीर/टाउकोबाट ,गह्रौ भारी बिसाउदा
बिर्सेन आज पनि 'शितल' हम्किन
त्यो चौतारीको पिललले।

भारी बिसाएर भएको
हलुका शरिर न हो
मेटिएको शरिरको थकान र
सुकेको पसिना न हो ।

सोच्यो र गम्यो 'भारी मनले'
मान्छेहरु सबै,
यो रुख/पिपल जस्तै भाको भे
मन किन भारी हुदो हो।

!





धमिला आँखा मिच्दै
स्वासैश्वासमा फरफराए ओठ - 

"बाबै !
यो  धकेलाधकेल , दौडहरु के को?
र ,  कुन गन्तब्य चुमाइको ?" ……

ओहो ! 
कहि नपुगिने फगत 
मपाइत्व चुमाइका दौड ।
'यौटै सर्कलको डौडाइ'बाट
कहाँ पुग्नु ?
पुग्ने 'उहीँ दुरी  देखि उहीँ दुरीसम्म' न हो ।

Tuesday, January 1, 2019

आवरण


आवरण
*********

'आवरण' उस्तैउस्तै देखिने - तोरी र , कोदोका 'दानाहरु'.... तर ,छिपाईहरुमा [भित्रि] कत्रो भिन्नता ! यौटा बोकिरहेछ - 'तेल' ! र , अर्को बोकिरहेछ - 'पिठो' । [आवरणहरु , 'भ्रम' न हुन् !......]

Sunday, November 4, 2018

काँडा फूल हामी


काँडासंग गुनासो किन ? फूलहरु,
काँडाहरुकै बिचमा शालीन मुस्कुराईराछन त । काँडा, बिझाउने भए , फूललाइ बिझाउथे !
[र , फूलहरु फुल्दैनथे .......]

भागदौड

 किन भरीरहेछन्  अञ्जली-अञ्जली,  मुठ्ठी-मुठ्ठी  बालुवा ।  र दौडिरहेछन् जोडजोडले  च्याप्दै अञ्जली, जोडजोडले  कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...