Wednesday, December 27, 2017
बर्बराहट
बर्बराहट
****************
"मैनबत्ति आफु जलि उज्यालो छर्छ" [बहुत सुन्या,पढ्या वाक्य हो"कत्रो महानता"मैनबत्तिको भन्दै] तर.. [कहिलेकाही सोचिटोपल्दा-] [मैनबत्तीले] "तथाकथित मैन"[लाई]पगाली[प्रयोगगर्दै] उज्यालिएको पो त [हाम्लाई साक्षी राख्दै[प्रयोगगर्दै] "पुतली"जो आकर्षित गर्नुछ र जलाउनु छ/समाहित गर्नुछ आफुमा]
Tuesday, December 19, 2017
देखिने भ्रम
देखिने भ्रम
************* "रक्सि" भट्टीमा बसेर, "रक्सि खाने((पिउने )" गिलासमै "चिया" खायो (पियो )भने... रक्सि हुन्छ, हो मित्र ! त्यो रक्सि नै हुन्छ(?) देख्नेका नजरमा । त्यसैले,
[तिम्ले /हाम्ले/मैले ]देखेका सबै "भ्रम" "सत्य" नहुन सक्छन/हुदैनन। र, सबै सत्यहरु,
नदेखिन सक्छन/देखिदैनन,
["अप्रदर्शित" तर "पारदर्शित"{पनि}हुन्छन] ।
सत्यहरु....
आफ्नो
सुबिधाको लागि
आफै
"निर्माण" गरिने साधन न हुन
[कहिलेकाही/प्राय:जसो/लगभग जसो /सधै जसो....]
************* "रक्सि" भट्टीमा बसेर, "रक्सि खाने((पिउने )" गिलासमै "चिया" खायो (पियो )भने... रक्सि हुन्छ, हो मित्र ! त्यो रक्सि नै हुन्छ(?) देख्नेका नजरमा । त्यसैले,
[तिम्ले /हाम्ले/मैले ]देखेका सबै "भ्रम" "सत्य" नहुन सक्छन/हुदैनन। र, सबै सत्यहरु,
नदेखिन सक्छन/देखिदैनन,
["अप्रदर्शित" तर "पारदर्शित"{पनि}हुन्छन] ।
सत्यहरु....
आफ्नो
सुबिधाको लागि
आफै
"निर्माण" गरिने साधन न हुन
[कहिलेकाही/प्राय:जसो/लगभग जसो /सधै जसो....]
Saturday, December 16, 2017
"मौनता" र "हल्ला"हरु..... का "मार्ग"
"मौनता" र "हल्ला"हरु..... का "मार्ग"
************************************
"मौनता" हरु झ्याल, स्स्याना प्वाल...हरु बाट पनि अट्छन, उपस्थिति जनाइदिन्छ्न ! "कोलाहल"हरु ठुलो ढोका सुरुंग चाहन्छन , नभय थप्छन "अर्को ठुलो ढोका " र "खन्छन सुरुंग", किनकि , "भिड"हरु अटाउन "ठुलै " चाहिन्छ/चाहिन्छन । [ढोका सुरुंग र हल्ला हरु ].............................।
अक्षरका थुप्रा र ,समाहित(?) "जिबन चक्र"
अक्षरका थुप्रा र ,समाहित(?) "जिबन चक्र"
************************************
असरल्ल छिरलिएका
"अक्षर"का थुप्रोका जोडजाड बाटको
"रचना"[कहिले गजब कहिले झुर]
अनि हुरीले एकोहोरो फर्फराई दिने "केहि बिसेस(?)भाको पत्रिका"
मिलाउदै पढ्दै
[सम्हाल्दै पढ्दै,फेरी भताभुंगका अनगिन्ति"चक्र"!सम्हाल्दै पढ़दैका"चक्र"!न छोडिने पढ्न नछोड्छ बिथोलिदीन]
{जिन्दगी... "चक्रचक्र"..}।
"कोमा"मा विचार
"कोमा"मा विचार
***********************
बिचारहरु,
"बिस्कुन"झै छिरल्दिने हो भने
चोक,गल्लि
अन्य गुप्त ठाउ
समेतले नपुगी
मन्दिर[मस्जिद,चर्च...]देबालय...
(र,अन्य"लय"हरुमा..गुन्जीदै[अराजक हल्लामा(?)] )
पवित्र"टुडाल"हरु समेतमा
सबै ठाउ ढाकिनेगरी
टुडालका समेत स्प्नन भंग हुनेगरी
फैलिन्थे!
तर
"विचार"हरु "अरुद्वारा"
कैद
छन"कोमामा"
आखिर जलेर हुने "फगत खरानी" नै हो केरे !
आखिर जलेर हुने "फगत खरानी" नै हो केरे !
*********************************************
एकैछिन....
जति "जले"[झैँ गरे]पनि
"खरानी" हुनै पर्छ केरे ।
"खरानी" हुनलाई "जल्नै" पर्छ मित्र ।
आखिर "जलेर"
हुने "फगत खरानी" नै हो केरे ! [खरानी हुनलाई जल्नै परेपछि र जलेपछि "फगत खरानी" हुनलाई,
[आफ्नै अस्थित्व समेत गुमाई सकेपछी { "फगत अस्थित्वहिन खरानी "} ]
किन जल्नु मित्र ? ......] ।
Tuesday, December 5, 2017
फोटो कथा (प्रकाशको लागि ) ,प्रकाशछिर्ने छिद्र .........को(?)खोजि
फोटो कथा ...प्रकाश(को लागि ) प्रकाश छिर्ने छिद्र .........को( ?)खोजि
***************************************************
प्रकाश,
प्रकाश छर्ने...छिर्ने (?)
छिद्रहरु,
भेट्न .........
चम्किला आखा (ति छिद्र छेडी(?) आउने प्रकाशका तरंगहरु भन्दा तरंगित )
कौतुहलतामा,
प्रकाश भेट्ने "दौडाहट"
भेटिदाको "उमंग"
( प्रकाश मेटिदाका/नभेटिदाका "निराशा" )भन्दा हजारौ गुणा बढी
तरंगित ।
आखिर भेटियो प्रकाश
अफ्ठ्यारोमै ,
अफ्ठ्यारो गरी !
आखिर इक्षा
हो मात्र इक्षा ,(तरंगित भाबका सेलाउन नदिने गरिका दौडाहटले)
का तरंगहरुलाई ......................
छेकेन केहिले ।.............................................................................
![]() |
| फोटो :- RUMI Love (फेसबुक पेज) |
Monday, November 27, 2017
शून्य(?)
शून्य(?)
***************************
"सब" छोडी आउने.....
"शव"हरुको पर्खाइमा [रित्तो/खालि बगर(घाट) .....] ।
प्रिय ,(शवबाहन(?) ...........)
(कहिलेकाही) रित्तिनु/खालि हुनु ,
"सकिनु" हैन ( म रित्तो छु,अहिले )
रित्तीइ/खालि भै
नया रंगले रंगिन,
र ,
(आफुखुशी )भरिन सकिन्छ...................
स्वतन्त्र..... ।
(कहिलेकाही) रित्तिनु/खालि हुनु ,
"सकिनु" हैन ( म रित्तो छु,अहिले )
रित्तीइ/खालि भै
नया रंगले रंगिन,
र ,
(आफुखुशी )भरिन सकिन्छ...................
स्वतन्त्र..... ।
ट्यागहरु "... - फलानाको "न्यारो माइन्ड ....यस्तै यस्तै अरु, अरु .... " !
" ट्यागहरु "... - फलानाको "न्यारो माइन्ड .... यस्तै यस्तै अरु अरु ...." !
**************************************************
तिमि/म /हामि...
"कथा"(?) बनाउछौ आफ्नो दृस्टिकोणबाट
र,
"ट्याग" भिराइदिन्छौ अरुलाई
सम्पूर्णता मापन कर्ताको "इन्ची टेप" लिगेर..
"न्यारो माइन्ड/ संकुचित सोच"
"क्या फराकिलो सोच".....(यस्तै यस्तै अन्य थुप्रै ट्याग......)
ट्यागहरु -आफैले रचित "कथा"अनुसार ।
साच्चै,
अन्यलाई भिराइदिने ट्यागका
(...भिराइदिने 'न्यारो माइन्ड ' ...यस्तै यस्तै...अन्य थुप्रै ट्याग...)
"रचित कथाहरु " रच्ने
आफ्नै/हाम्रै दिमाग चै कस्तो छ होला?
..................................................................
[ बाशु शशीले (कवितामा)भनेझै-
हामी पर्खालका विरुद्ध पर्खाल लगाउँछौँ
(तर) लगाउँछौँ, लगाउँछौँ
यद्यपि पर्खाल लगाएपछि धेरै कम भित्र पर्छ।]
पर्खाल लगायका र लगायर
रचित कथाका ट्यागहरु
जहा धेरै पाटा देखिदैनन,
("पर्खाल भित्र"बाट रच्छौ थोरै "पाटो"को )
र कहिले काही देखिन्छन भ्रमात्मक,
धुमिल ,मैला ,अस्पस्ट... समेत
यस्तैमा
र ,यस्तैबाट नै रच्छौ
यस्तै यस्तै कथा....
भिराइदिएर बिभिन्न "उपमा"का ट्याग हरु ।
(कथाहरु निर्माण गर्छौ हामि "भनेको बुझेर" भन्दा "भन्न खोजेको बुझेर" र अर्थको अनर्थका ट्याग लगाइदिन्छौ ! , र भिराइदिन्छौ जहाँ "पर्खाल भित्रबाट " नै "सपूर्ण देखेकै" दृस्टिकोणमा रचित कथा मा बिभिन्न "ट्याग"।]
[ बाशु शशीले (कवितामा)भनेझै-
हामी पर्खालका विरुद्ध पर्खाल लगाउँछौँ
(तर) लगाउँछौँ, लगाउँछौँ
यद्यपि पर्खाल लगाएपछि धेरै कम भित्र पर्छ।]
पर्खाल लगायका र लगायर
रचित कथाका ट्यागहरु
जहा धेरै पाटा देखिदैनन,
("पर्खाल भित्र"बाट रच्छौ थोरै "पाटो"को )
र कहिले काही देखिन्छन भ्रमात्मक,
धुमिल ,मैला ,अस्पस्ट... समेत
यस्तैमा
र ,यस्तैबाट नै रच्छौ
यस्तै यस्तै कथा....
भिराइदिएर बिभिन्न "उपमा"का ट्याग हरु ।
(कथाहरु निर्माण गर्छौ हामि "भनेको बुझेर" भन्दा "भन्न खोजेको बुझेर" र अर्थको अनर्थका ट्याग लगाइदिन्छौ ! , र भिराइदिन्छौ जहाँ "पर्खाल भित्रबाट " नै "सपूर्ण देखेकै" दृस्टिकोणमा रचित कथा मा बिभिन्न "ट्याग"।]
Monday, November 20, 2017
शुभकामना सानो साथि (जन्मदिनको)
शुभकामना सानो साथि (जन्मदिनको)
********************************
"तँ " आउने समय कुरेनस...
(सम्बोधनहरु जेसुकै हुन् प्राय म भन्न त तपाइँ भन्छु" तँ " लाइ ! तर अन्तरमनका सम्बोधित भाब हरु यी सम्बोधनमा तरंगित होलान र ?अनि फगत शब्दमा अट्लान र अनेकौनेक शुभकामना,प्रेम र यस्तै यस्तै अनेक................ )
आइस छिटै,
हो ! "त्यो छिटै दिनको" उत्सब
बिशेष छ/थियो हाम्रो लागि !
हेई ! सानो साथि ,
"ठिक दिन ठिक मिति" कुराइमा त
गुमाउनु थियो हाम्ले ,तैले............
त्यसैले त्यो "ठिक मिति ठिक समय" हाम्रो लागि प्रिय थियन ! ( त्यो ठिक समय ठिक मिति ठिक थिएन)
अप्रिय थियो।
र ,त तँ
त्यो "ठिक मिति" कुरेनस "बेठिक मिति ,समय " लाइ ठिक बनाइस ।
हेई ! प्रिय सानो साथि ,
त्यो बिशेष दिन
जुन ठिक समय तँ आउनु पर्ने थियो
त्यो अत्यन्तै बेठिक समय थियो ......
जुन बेठिक समयलाइ ठिक बनाइस
हो त्यो भयानक ठिक समय, दिन
आज थियो !
त्यो भयानक बिशेष थियो !
हेई ! प्रिय मान्छे........
तँ बिशेष छस हाम्रो लागि....( त्यसो त सबै बिशेष हुन्छन सबैको लागि )
र बिशेष छ /थियो यो दिन हाम्रो लागि .......
गज्जब दिनको
गज्जबौ ,गज्जब शुभकामना !
दिनहरु बिशेष हुन्छन सबै
र गज्जब पनि,
किनकि त बनाउलास ,बनाउछ्स र बनुन....
र गज्जब बित्छन ,बिताउछस र बितुन.....
किनकि,
हेई सानो साथि
यै दिन तेरो जन्मदिन थियो/हो ..........................
हेई प्रिय मान्छे !
प्रिय सानो साथि!
अनेकौ अनेक शुभकानमा ........
जन्मदिनको ।
बर्ष /मङ्सिर ५
@siudileep
Monday, November 13, 2017
“अपरिचित “ पात्र पूर्तिको लागि सपनामै “मृत पात्र” स्वयं उपस्थित ! (“आफ्नै मृत्यु”को सपनाको [आफै मर्या सपना]– दिक्कलाग्दो बर्बराहट )
“अपरिचित “ पात्र पूर्तिको लागि सपनामै “मृत पात्र” स्वयं उपस्थित !
(“आफ्नै मृत्यु”को सपनाको [आफै मर्या सपना]– दिक्कलाग्दो बर्बराहट )
**********************************************************
पछारियो धन्द्र्याम्म्मम्म्म ........
खैलाबैला मच्चियो चोकमा -मान्छे हिड्दा हिड्दै पछारियो,. सायद ! मर्यो
स्वा,फ्वा केहि छैन .....
जुन चोकमा पछारियो उ त्यो चोक बाट गुम्बा,मस्जिद,चर्च,मन्दिर जाने
छुट्टाछुट्टै बाटा थिए गोलो अजिब चोक
! चोकबाट चार तिर बाटाहरु फाट्ने .......।
मान्छेहरु जम्मा भए “परिचित” तर “अपरिचित” उसको ढलेको छेउमा .......
खैला बैला सुरु भो आफु आफुमा जम्मा भाको भिडमा -यो सधै हिड्थ्यो यो
बाटो न बोल्थ्यो न कतै हेर्थ्यो आफ्नो सुरमा दिनहु हिडिरहन्थ्यो तर खै को हो के हो
था भयन...
पुजारी ,भिक्षु ,पादरी ,मुल्लाहरु आय हेरे सबैले एकै स्वरमा भने “ए यी
हाम्रो धर्मालम्बी व्यक्ति हुन “ यति सम्म एउटै स्वर सुनियो अनि बाकि चै फरक फरक
“सधै मन्दिर ।मस्जिद।गुम्बा।चर्च । आउथे आज पनि आउदै थिय लडेछन !”
(भिडमा सबै मुखा मुख गर्न
थाले सबैले देखेकै थे सधै हिड्थ्यो कहिले कता मोडिन्थ्यो कहिले कता कहिले कता !)
तर,
फेरी मिश्रित स्वर सुनियो - यिनको अन्त्यस्टिको ब्यबस्था हाम्रो धर्म
अनुसार भब्य गर्छौ (त्यहाँ मानबता ,भाबुकता......भन्दा अन्य केहि थियो किनकि
देखाउनु थ्यो आफ्नो आफ्नो धर्मले कसरि सम्मान गर्छ बेबारिसे मानबलाइ(?) )।
मत बाझियो आफ्नो आफ्नो धर्मको पक्षमा “उ”हाम्रै धर्मालम्बी हो गुम्बा
आउथ्यो शान्त बस्थ्यो पढिरहन्थ्यो एकान्तमा केहि बोल्दैनथ्यो आज पुर्णिमा त्यसैले
उ गुम्बा जान हिड्दा हिड्दै ढल्यो हाम्रो रिति अनुसार अन्त्यस्टि गर्छौ “-भिक्षु
बोले (उनलाई देखाउनु थ्यो त्यस बिसेस उत्सब(पूर्णिमामा )जम्मा भाका टाढा टाढाका धर्मालाम्बिहरुलाई “आफ्नो” धर्मले कसरि निरिहको
भलो गर्छ र देखाउनु थ्यो “अन्य” धर्मालम्बीलाई आफ्नो धर्मले गर्ने “धुमधाम
कल्याण”)।
अन्यले पनि सोहि अनुसार आफ्नो आफ्नो अडान राखे –“उ हाम्रो धर्मालम्बी
हो ,आउथ्यो बस्थ्यो डुल्थ्यो केहि बोल्दैनथ्यो बसेर पढिरहन्थ्यो “ । आज पुजा थियो
बिसेस मन्दिरमा । आज सत्संग ,प्रार्थना
थियो चर्चमा बिसेस ।आज हाम्रो मस्जिदमा बर्ष भरिका मृतकहरुको सम्झना गर्ने बिसेस
दिन थियो । उ त्यसैले आज पनि मन्दिर । चर्च । मस्जिद आउदै थ्यो लड्या हो । (यहाँ
पनि बिसेस उत्सबमा टाढा टाढा बाट जम्मा भाका धर्मालम्बीलाई “आफ्नो” धर्मले कसरि निरिहको भलो गर्छ र देखाउनु
थ्यो “अन्य” धर्मालम्बीलाई आफ्नो धर्मले गर्ने “धुमधाम कल्याण”)।
कुरा मिलेन कसैगरी,! भिड गल्यांग मल्यांग गर्दै थ्यो जसले जुन धर्ममा
आस्था राख्छ त्यसैको पक्षमा अडान लिएर !हेर्दा हेर्दै भिड पनि विभाजित भयो...।
यो हाम्रै धर्मालम्बी हो (उसको शरीर यस्तरी पछारिएको थियो कि ४ अलग
अलग बाटा तिर ४ हात खुट्टा फिजिएका थिए दिशा छुट्टयाझैँ,बाटो संकेत गरेझै
गरि,टाउको भने अगाडी लत्रिएको थियो)किनकि यो हतारमा दौडदै आउदा पछारियो दाया
खुट्टा मन्दिर जाने बाटो तिर अरु भन्दा अगाडी छ यतै दौडी राथ्यो भन्ने स्पस्ट
हुन्छ –पुजारीले (कु)तर्क गर्यो ! यसैमा सबैका आफ्ना आफ्ना धारणा र (कु)तर्क बने -
हैन बाया हात हाम्रो तिर अरु भन्दा बढी छ यतै कुदिराथ्यो, । हैन दाया हात हाम्रो
तिर छ अरु भन्दा बढी ,। हैन बाया खुट्टा
हाम्रो तिर छ अरु बाटा तिरका अंग भन्दा बढी लत्रिएर ,यतै कुदिराथ्यो भन्ने स्पस्ट
हुन्छ ।
कुरा मिल्ने छाटकाट आएन ,र यत्तिकैमा
भिडबाट कसैले भन्यो -उसका चार हात खुट्टा जता जता फिजिएका छन् काटेर आफ्नो
आफ्नो रिति अनुसार अन्त्यस्टि गर्ने । सबै मुखा मुख गरे र सहमति सूचक टाउको हल्लाए
।(यहाँ सबैलाई देखाउनु थ्यो,भब्य सम्मानका साथ अन्त्यस्टि गरेर “आफ्नो” धर्मले
(यसरि पनि, मानब कल्याण गर्छ) र “अन्य” धर्मालम्बीलाइ “बेबारिसेको” अन्त्यस्टिमा
भव्यताको प्रदर्सनले आकर्सित गर्ने “सुबर्णअवसर” )।
अनि टाउको चै अगाडी
लत्रिएयाकोले दाया हातको भागमा हुनुपर्छ -भिक्षु बोले । (टाउको ति ४ बाटा तिर नभई
अगाडी लत्रिएको थ्यो त्यसैले फेरी आफ्ना आफ्ना अडान बने सबैका आफ्ना भागमा
पर्नुपर्ने दाबि सहितका )। फेरी भीडबाट कोहि चिच्यायो टाउको ४ भाग लगाउने । सबैले
मुखामुख गरे र सहमति जनक टाउको हल्लाए। भाग लगाउन टाउको काट्ने सुरसार गर्दा गर्दै
सबैमा फेरी सुरु भो कलंगमलंग ! र ध्यान जति भीडबाट अगाडी बढेर आयको मानब तर्फ सुरु
भो ! फोहरी ,लट्टापरेको फोहर कपाल ,खालि खुट्टा ,४ भागमा ३ भाग शरीर नछोपिने
झात्रे झुत्रे कपडा लगाएको मान्छे बेतोड दौडियो र घोप्टियो मृत शव माथि (सबै
चिच्याय – ल ल बौलाहा उही पुग्यो लाश छुन ,यो बौलाहालाइ उता हटाउ ) र यत्तिकै
जोडले खित्का छाडेर हास्यो र शवलाइ
बिस्तारै मुसार्दै शवकै ढाडमा चिप्कीरहेको ब्याग खोल्यो र ब्यागबाट निकाल्यो केहि
थान किताबको बक्स (यति झटपट गर्यो कि उसले यो सबै,उसलाई हटाउदा हटाउदै ,हटाउन
खोज्दा खोज्दै ) र जोडले फलाक्यो – “अधर्मिहरु” । सबै मुखामुख गरे । र हेर्न थाले ,थान
किताबमा कुरान, बाइबल ,त्रिपिटक ,बेद,गीताका ससाना पकेट बुकको एउटै बक्स ! र बक्स
बाहिरै ठुला अक्षरले लेखेको “यिनुहरु त झगडा गर्दैनन त “ ! सबै पछाडी सरे, त्यो
मानब फेरी चिच्यायो खित्का छाडेर हास्यो र चिच्याउदै भन्यो “अधर्मी” ।(त्यो
खित्कामा ,चिच्याईमा र शब्दमा(अधर्मी) एउटा “बौलाह”ले “सज्जनहरु”लाइ गरेको अठ्ठाहस
व्यंग थियो !) फेरी घोप्टियो शव माथि र टाउको मुसार्यो प्रेमपुर्बक, आफ्नो बर्षी
पछी भेटिएको भाइको...........................................।
(झ्स्यांग निद्रा खुल्यो डर लाग्यो ,पसिनाले भिज्या सरिर थर्रर काप्यो,एठन
भयर ब्युझेकोले शरीर दुखेझैँ भयो ,मुख सुक्यो,लामो सुस्केरा हाले । खै ! सपना पनि
कस्तो नराम्रो देख्या उफ ! त्यो सपनामा देख्या “मृत शव” मै आफै थिए।
.....................र आक्रान्त भए रिस उठ्यो ,यति बेढङ्गको पनि सपना देखिन्छ
!,केहि न केहि सित । अनि बिपनामा सोची टोपले साच्चि त्यो मृत पात्र को होला ?र
त्यो बौलाहा पात्र को होला ? सपनाका पात्र पनि कहिल्यै बिपनामा खोजेर भेटिएला
त?पात्र पूर्तिको लागि आफै उपस्थिति पो जनाए कि सपनामा :D ? अनि बौलाहा पात्रको पूर्तिको लागि पनि
कोहि परिचित त उपस्थित हुनु पर्ने तर.......। “तपाइँ“ उपस्थित भा भे कति गजब
हुन्थ्यो होला है :D :D )
Siudileep
२०७४/....
@रानीमहल/रानीघाट(राति १ बजे ) ।
एक “अर्धपागल”को देहत्याग , अर्को “पागल”को स्पस्टोक्ति !
एक “अर्धपागल”को देहत्याग , अर्को “पागल”को
स्पस्टोक्ति !
********************************************
च्याप्प बोटल छोप्यो ,
बिर्को खोल्यो र , लग्यो मुखमा
घोत्याउन/घुट्क्याउन आट्या मात्र थ्यो,
खै के सोच्यो ....
बिस्तारै खन्यायो बिर्कोमा खाएन, हेरिरह्यो ...........................
र टेबलमा राख्दै
फ्त्फतायो - सबै बोटलकाले “आतमा मात” दिदैनन,
ति बिसेस हुन्छन ।
(यो पहिलो बोटलको कुरा ..........)
****************************************
छेउको कुर्सि तान्यो
बस्न खोज्यो
खै के सोच्यो ,बसेन हेरिरह्यो ........
र पर धकल्दै
फत्फतायो-सबै कुर्सिहरुले आराम दिदैनन,
ति बिसेस हुन्छन ।
(यो पहिलो कुर्सिको कुरा......... )
************************************
फत्फताउदै बाहिरियो...
र , केहिछिन पछि भित्रियो !
फ्यात्त फाल्यो हातमै बोकी ल्यायको
एक थान कुर्सि,
र, “सानो बोटल” ।
(यी अर्का कुर्सि र बोटलका कुरा )
*********************************
बस्यो कुर्सिमा,
र, राख्यो बोटल टेबलमा..
(जहा राख्थ्यो पहिले चियाको कप,केहि थान किताब ,लेख्ने डायरी र कलमहरु
अनि प्रेमिल चिठीहरु ! अनि आराम दायि कुर्सीमा बस्थ्यो र लेख्थ्यो पढ्थ्यो ! आज
पहिलेको कुर्सि आरामदायी लागेन !आज “बिसेस” ल्यायो )
पहिलो कुर्सि र बोटललाइ हेर्दै...
फ्याक्यो एक फित्को हासो (?) ।
आज पढेन किताब ,
पढेन प्रेमिल चिठीहरु !
लेखेन कविता,
लेखेन प्रेमिल चिठीहरु !
(खाएन चिया ,र खायन आज कहिलेकाही ”आतमा मात” दिने चिज भन्दै खाने “बोटल”
,आज आतमा मात दिने
चिज लागेन ! आज “बिसेस” ल्यायो)
र ,खोल्यो सानो बोटल
घुट्क्यायो एकै सासमा.....
छट्पट्यायो निकै बेर...
छट्पटिदा पल्टायो
पहिलेका सम्पूर्ण सामान ( कुर्सि ,टेबल ,कप बोटल डायरी सबै
सबै...उडायो प्रेमिल चिठीहरु) ।
बराजियो भुइमा,
पछिल्लो “आराम दायी कुर्सि”
र “आतमा मात” दिने “सानो बोटल” संगै
“चिर ...........आरामदायी तरिकाले बस्ने र आतमा मात दिने गरि । ”
बिहानै सुनाकोथ्यो-
प्रेमिल चिठीहरु आउने बाटोमा,
“ढुकुर” थाप्ने जालहरुसंगै
खित्का छाड्दै “पहिलो आरामदायी” कुर्सीमा बसेर
“पहिलो आतमा मात” दिने बोटल संगैका
केहि थान “ढुकुर ”सिकारी
र,
“परेवा” मारी,
“चिल” हरुले सन्तान हुर्काएको “सपना” ।
(सायद ! “सोच्यो र आफै तर्क गर्यो सपना नभै यो “बिपना” नै हो ! अनि,.............................................................।
)
Siudileep
२०७३
Subscribe to:
Comments (Atom)
भागदौड
किन भरीरहेछन् अञ्जली-अञ्जली, मुठ्ठी-मुठ्ठी बालुवा । र दौडिरहेछन् जोडजोडले च्याप्दै अञ्जली, जोडजोडले कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...
-
किन भरीरहेछन् अञ्जली-अञ्जली, मुठ्ठी-मुठ्ठी बालुवा । र दौडिरहेछन् जोडजोडले च्याप्दै अञ्जली, जोडजोडले कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...
-
ऐठन …………………………………………… कहिले काहीँ सपनाका कुरा गरम । अनुहार भरी मुज्जाले भरिएकी दुब्ली बृद्दा छेउमै सुतेको सानो ख्याउटे नातिक...
-
बुद्द,परेवा र एक थान सपना --------------------------- रगत लतपतिएको कुरुप बुद्दको मुर्ति देखाउदै, हड्बडाउदै भाइ चिच्यायो...










