Monday, November 20, 2017

शुभकामना सानो साथि (जन्मदिनको)

 
        शुभकामना सानो साथि  (जन्मदिनको)
      ********************************

"तँ " आउने समय कुरेनस...
 (सम्बोधनहरु जेसुकै हुन् प्राय म भन्न त तपाइँ भन्छु" तँ " लाइ ! तर अन्तरमनका सम्बोधित भाब हरु यी सम्बोधनमा तरंगित होलान र ?अनि फगत शब्दमा अट्लान र अनेकौनेक शुभकामना,प्रेम र यस्तै यस्तै अनेक................ )
आइस छिटै,
हो ! "त्यो छिटै दिनको" उत्सब
बिशेष छ/थियो हाम्रो लागि !
हेई ! सानो साथि ,

"ठिक दिन ठिक मिति" कुराइमा त
गुमाउनु थियो हाम्ले ,तैले............
त्यसैले त्यो "ठिक मिति ठिक समय" हाम्रो लागि प्रिय थियन !  ( त्यो ठिक समय ठिक मिति  ठिक थिएन)
अप्रिय थियो।
र ,त  तँ
त्यो "ठिक  मिति" कुरेनस
"बेठिक मिति ,समय " लाइ ठिक बनाइस ।
हेई ! प्रिय सानो साथि ,

त्यो बिशेष दिन
जुन ठिक समय तँ आउनु पर्ने थियो
त्यो अत्यन्तै बेठिक समय थियो ......
जुन बेठिक समयलाइ ठिक बनाइस
हो त्यो भयानक ठिक समय, दिन
आज थियो !
त्यो भयानक बिशेष थियो !
 हेई ! प्रिय मान्छे........

तँ बिशेष छस हाम्रो लागि....( त्यसो त सबै बिशेष हुन्छन सबैको लागि )
र बिशेष छ /थियो यो दिन हाम्रो लागि .......
गज्जब दिनको
गज्जबौ ,गज्जब शुभकामना !
दिनहरु बिशेष हुन्छन सबै
र गज्जब पनि,
किनकि त बनाउलास ,बनाउछ्स र बनुन....
र गज्जब बित्छन ,बिताउछस र बितुन.....

किनकि,
 हेई सानो साथि
यै दिन तेरो जन्मदिन थियो/हो ..........................
हेई प्रिय मान्छे !
प्रिय सानो साथि!
अनेकौ अनेक शुभकानमा ........
जन्मदिनको ।



बर्ष /मङ्सिर ५
@siudileep




No comments:

Post a Comment

भागदौड

 किन भरीरहेछन्  अञ्जली-अञ्जली,  मुठ्ठी-मुठ्ठी  बालुवा ।  र दौडिरहेछन् जोडजोडले  च्याप्दै अञ्जली, जोडजोडले  कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...