Monday, November 27, 2017

ट्यागहरु "... - फलानाको "न्यारो माइन्ड ....यस्तै यस्तै अरु, अरु .... " !

 
  " ट्यागहरु "... - फलानाको "न्यारो माइन्ड .... यस्तै यस्तै अरु अरु ...." !
   **************************************************


तिमि/म /हामि...
"कथा"(?) बनाउछौ आफ्नो दृस्टिकोणबाट
र,
"ट्याग" भिराइदिन्छौ अरुलाई
सम्पूर्णता मापन कर्ताको "इन्ची टेप" लिगेर..
"न्यारो माइन्ड/ संकुचित सोच"
"क्या फराकिलो सोच".....(यस्तै यस्तै अन्य थुप्रै ट्याग......)
ट्यागहरु -आफैले रचित "कथा"अनुसार ।
साच्चै,
अन्यलाई भिराइदिने ट्यागका
(...भिराइदिने 'न्यारो माइन्ड ' ...यस्तै यस्तै...अन्य थुप्रै ट्याग...)
"रचित कथाहरु " रच्ने
आफ्नै/हाम्रै दिमाग चै कस्तो छ होला?

..................................................................
[ बाशु शशीले (कवितामा)भनेझै-
हामी पर्खालका विरुद्ध पर्खाल लगाउँछौँ
(तर) लगाउँछौँ, लगाउँछौँ
यद्यपि पर्खाल लगाएपछि धेरै कम भित्र पर्छ।]
पर्खाल लगायका र लगायर
रचित कथाका ट्यागहरु
जहा धेरै पाटा देखिदैनन,
("पर्खाल भित्र"बाट रच्छौ थोरै "पाटो"को )
र कहिले काही देखिन्छन भ्रमात्मक,
धुमिल ,मैला ,अस्पस्ट... समेत
यस्तैमा
र ,यस्तैबाट नै रच्छौ
यस्तै यस्तै कथा....
भिराइदिएर बिभिन्न "उपमा"का ट्याग हरु ।
(कथाहरु निर्माण गर्छौ हामि "भनेको बुझेर" भन्दा "भन्न खोजेको बुझेर" र अर्थको अनर्थका ट्याग लगाइदिन्छौ ! , र भिराइदिन्छौ जहाँ "पर्खाल भित्रबाट " नै "सपूर्ण देखेकै" दृस्टिकोणमा रचित कथा मा बिभिन्न "ट्याग"।]

No comments:

Post a Comment

भागदौड

 किन भरीरहेछन्  अञ्जली-अञ्जली,  मुठ्ठी-मुठ्ठी  बालुवा ।  र दौडिरहेछन् जोडजोडले  च्याप्दै अञ्जली, जोडजोडले  कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...