Tuesday, May 30, 2017
रङ्गमन्चको झुर कलाकार
रङ्गमन्चको झुर कलाकार
******************
कहिलेकाही बेहोसीले यति सारो अठ्याउछ /अठ्याउदो रछ !
परिस्थिती अनुसार मन्चन गर्नु पर्ने "नाटक"
ठिक परिस्थिको उल्टो मन्चन भैदिन्छ । (स्वभाबिक मन्चन भन्नू मुर्खता हो )
.......................
जलिरहेको शब ,
उडिरहेका "उमङ्ग"हरु (खैर,शब जल्दै गर्दा मात्र धुवा उड्छ भन्ने छ र ?)
हेर्दै ,
जबर्जस्त देख्दै,
देखाइन बाध्य पारिएका,
र बाध्य भएका !
अनि
स्वतफुर्त हेरिएका,
देखिएकाहरुका(तिनिहरु मार्फत आँखा प्रयोग गरिएका )
चीत्कार ,आँशु ,बिलौनाहरुमा !
केही गुमाउनु पर्दाका या,
अन्य केही …………कारणहरुमा
एकिकृत(?) हुनु पर्ने हो ! (कहिलेकाही परिस्थीती अनुशार व्यवहार देखाउनु पर्नेमा………)
मन्द मुस्कान उठ्दिदाको बेहोसी(परिस्थिती अनुकुल व्यवहार नगर्नेहरुलाई खास"बौलाहा"भन्ने चलन पनि छ ! [माथिको पङ्ती अनुसार नाटक मन्चन गर्न नजानेको झुर कलाकार मन्चन गर्नु पर्ने एक थोक गरिदियो अर्कै अर्थात ठिक उल्टो!,त्यसोत नाटक मन्चनमा अब्बल कलाकारहरुको भाव पनि कहिलेकाहीँ बिग्रेर प्रस्टै चिनिने गरि "झुर नाटक" भैदिन्छ तर कमेकम झुरै भयनी नाटक त गरिराछ्न नि उल्टो गरिदिने पो बेहोसी ।………। ] )
तर,
मन्द मुस्कान "अनेकतामा" "सम्पुर्णता " पो हो कि ?
अर्थात,
गहिरो शोकमा "मीठो"श्रन्दान्जली । (श्रद्दान्जली मीठो हुन सक्दैन?"उस्को"[शव,धुवा शरीरबाहेक………~ ~~ ~~ ~~ ~~………]उन्मुक्त्तिको कामनामा ? ।
©Siudileep
२०७४/१/५ राती ३:१७ बजे !
जिन्दगी
जिन्दगी
**************
हावाले भ्यारभ्यार पार्दै
पढ्दै गरेको पत्रिकाका पानाहरु!
बिथोलिदिरहने लामो कपाल ।
न बिथोलिदिन छाड्छ,
न मिलाउन नै छाडिने !
मीठो घम्साघम्सी ।
कहिलेकाही जिन्दगि,
यस्तै यस्तै लाग्छ । (कहिलेकाहीँ मात्र ,सधै हैन ! सधै यस्तै भैदिए त गज्जबै हुन्थ्यो, सधै मिलाउन सम्हाल्न नछाड्ने हो भने त । :-) ! )
©Siudileep
२०७४बैशाख
स्पर्शहरु
स्पर्शहरु
***********
चियाको गिलास छोप्दाको तातो स्पर्श,
गिलास ओठमा पुर्याउदा
र चिया सुर्क्याउदाको फेरि तातो स्पर्श,
अनि,
चिया सक्का`पछि,
हल्का तातो गिलास राख्दै गर्दा
गिलास सङ्ग छुट्दै गरेको मधुर तातो स्पर्श……………।
……………………………………………………………………………………………………………

गज्जब बुक हातमा राख्दै
सुम्सुम्याउदाको"गर्मिलो" स्पर्श,पढ्दै गर्दाको गर्मिलो झन्झनाहट
र ,
बुकको गन्ध ………
अनि ,
बुक सक्का`पछि
राख्दै गर्दाको "अनौठो" झन्झनाहट,
बाफिलो स्पर्श………।
…………………………………………………………………
हावा चलेको बेला पत्रीका पढ्दा
हावाले पत्रीकालाई गर्ने "प्रेम"को स्पर्श,
लामो कपाललाई हावाले "प्रेम" गर्दाको स्पर्श,
लथालिङ्ग,समाल्नै गारो हुने गरि !
ब्यबस्थित गर्नै गारो ।
ब्यबस्थित गर्दाको मीठो स्पर्श………
न समाल्न छोडिने,
न समालिने "अनौठो युद्द"!
र ,
अनौठो युद्द पछि छाड्डैको स्पर्श !……………………।
………………………………………………………
बच्चालाई हातमा डोहोर्याउदै गर्दाको,हातको ,हात सुम्सुम्याइको "अलौकिक" स्पर्श,
हातबाट हात छुटाउदाको नरम बाफिलो
छुट्दै गरेको स्पर्श !……………………।
……………………………………………………………………
हो मलाइ स्पर्शहरु मन पर्छन,
प्रिय लाग्छ्न स्पर्शहरु ।…………
©siudileep
२०७२/बैशाख
चिल्चिलाहट
चिल्चिलाहट
****************
कहिलेकाही मथिङ्गलमा उठ्ने "तरङ्गहरु "को रन्थनाहट
कयौ अरिङ्गालले चिल्दाको जस्तो "चिल्चिलाहट"
उस्तै उग्र पिडादायिक हुन्छ्न सायद ! (२,३टा अरिङ्गालले चिल्दाको रन्थनाहट,अनि रन्थनाहट सङ्गै ज्वरोको अनुभव भन्दा मथिङ्गलका छालहरुको रन्थनाहट,चिल्चिलाइ बढी भयझै लाग्छ ! त्यसैले "केही अरिङ्गाल " को चिल्चिलाहट सङ्ग मेल खाला ! )
के गरौ कसो गरौ टाइपका ।
न जस्ताको त्यस्तै ब्यक्त हुने "रन्थनाहट"
न तरङ्गित हुन छाड्ने "छालहरु" ! ………
मुर्छा पर्दै ,ब्युझिदै ।
तर,
कहिलेकाही ,कहिलेकाही
हो कहिले काहीँ ,
धेरै जसो हैन!
सन्चो हुन थालेको "रन्थनाहट "
चिलाउदा आउने मजा जस्तै ।
चिल्चिलाहट,तरङ्गको मजाको पीडा ।
©siudileep
Tuesday, May 23, 2017
शून्य
शून्य
*******थाहा हुनु र नहुनु बिचको "झंकार"!
गन्तब्यको दुरी थाहा नहुनु तर,
पुग्नै आटेको " मिठो भ्रम"को झंकार !
स्वप्न र बिपना खुट्टयाउन नसक्नु बिचको झंकार !
.............................................................................
खोला किनारको एकान्त,
हजारौ "तरंग"
प्रकाशका झिल्का
साच्ची उत्कृस्ट पागलपला यत्तिले पुग्ला ?
अह ,पुग्दै पुग्दैन
मिठो उच्छ्रीङ्खल बहुलठ्ठीपन ।
...............................................................................
सबै झंकारहरु एकत्रित गरि,
एकान्तका हजारौ दृस्टी
(कस्तो डरलाग्दो,लोभलाग्दो एकान्तमा हजारौ दृस्टी ?)
स्वप्लिन ,धुमिल र अस्पस्टता हटेपछिको
लामो स्वास !
अहो !
स्पस्ट आकृति स्पस्ट प्रकाश स्पस्ट झंकार
क्रान्तिमय चेहरा प्रज्वलित दिब्य दिप जस्तै चम्किलो आकृतिमा
सम्पूर्ण शून्य अहो !
सम्पूर्ण शून्य !
सुखद !..................
उफ ! कति मिठो भ्रामक सपना ।
Tuesday, May 9, 2017
गज्जब "आर्ट"
गज्जब "आर्ट"
***************
बादलका टुक्राटुक्री मिलि बनेको,
फरक फरक आकृती
संसारकै "उम्दा" पेन्टिङ्ग लाग्छ!
बिना कलाकार!
बिना पेन्ट!
बिना ब्रुस………का पेन्टिङ्गहरु !
आकृती बदलिदै,
बन्दै मेटिदै……
फरक फरक
र बृहत् "चित्र"
सवैले आ-आफ्नै कल्पनाका आकृती सोच्ने स्वतन्त्रता ।………
गौतम "बुद्दु" र हामी "बुद्द"
गौतम "बुद्दु"र हामी "बुद्द" !
******************
मलाइ त पहिल्यै मारिसक्या(?) हौ
र मार्दै छौ निरन्तर………
सम्प्रदाय ,सिमा ………मा बिभाजन गरि ।
तिमि"बुद्दहरु "हुदा हुँदै
म" बुद्दु "बाचिरहनु पर्छ भन्ने पनि के छ र ?
र,बाचिरहु पनि कसरी!
अनि आवस्यकता नै किन रह्यो र म " बुद्दुको"
बुद्दहरु मिलि बुद्दु बनायपछी !
पहिल्यै स्विकार्या हु
तिमीहरु बुद्द म बुद्दु ।……
©Siudileep
२०७३/बुद्दपुर्णिमा
म एक अतिबादि
म एक अतिबादि
****************
हो !
म संसारकै "अतिबादि" मध्य एक हूं !
प्रश्न गर्न,बुझ्न भन्दा पहिलेनै
कसैलाइ दानव
र,कसैलाइ भगवान बनाउछु ।
दानवलाई मानव,
मानवलाई दानव,
दानवलाई भगवान,
भगवानलाई दानव,
मानवलाई भगवान ………
बुद्दलाई "बुद्दु " ,
बुद्दुलाई" बुद्द " बनाउछु
बनाउन अग्रसर हुन्छु,
अग्रसर छु
र ,बनाइरहेछु ।………
©siudileep
२०७३/बुद्दपुर्णिमा
शंखेकिरा मानिस र चरा
शंखेकिरा मानिस र चरा
********
साच्ची !
शङ्खेकिरा घस्रेको देख्दा,
र हेर्दा .....
पट्यार लाग्दो छैन त ! उस्को जिन्दकी ?-
हामी/म सोच्छौ/सोच्दा हौँ ।……
उ पनि त सोच्दो हो (?) -
"सधैको दौडधुप उफ् !,
कति पट्यार लाग्दो,
निरस मान्छेको जिन्दकी" ।........
__________________
स्वतन्त्र उड्ने,
चरा हेर्दै सोच्छौ -
वाओ ! चरा झै स्वतन्त्र हुन / उड्न पाए !?!
चरा सोच्दो हो (?) -
"मान्छे झै स्वतन्त्र हिड्न पाए " !
[उड्दा त चिलहरु....,
अनि तेस्तै डरलाग्दा
मट्याङ्ग्रा तैनाथ छन आक्रमण गर्न …………] ।
©siudileep
Saturday, May 6, 2017
रङ्गमन्चबाट गुप्तवास (गुप्तवासकि नबोदिता)नियाल्दा
रङ्गमन्चबाट गुप्तवास (गुप्तवासकि नबोदिता )नियाल्दा
**********************************************
प्रिय,
नबोदिता(अनबोदिता,अनामिका ,बिनामिका जे पनि हुन सक्छ.....)
तिम्लाइ याद छैन है ?!
र,
मलाइ चै याद छ !
त्यो दुर्घटना नभयर सुनोयोजित (?)
रचित घटना थियो!
तिम्लाइ याद होस पनि कसरी
जबकी,
रचित घटना मान्न तयार छैनौ
दुर्घटना नै हो भन्छौ !
किनकी ,
रचित घटनाको योजनाकार मध्य एक तिमी पनि हौ!
भेट भयो भने ………
याद होला?
स्विकार्न पर्ला रचित घटना भन्ने डर नपाल है !
त्यही भयले (?)
गुप्तवासको "गुप्तबास" है?
निर्धक्क बस,!
संरारले हेर्ने र
संरार देख्ने "गुप्तवास "मै ।
म चै ,
रचित घटना याद गर्दै रङ्गमन्च मै छु !!!
(नबोदिता को डायरी तर डायरी लेख्ने नबोदिता नभै "उ" हो ! "परिस्थितीजन्य बेस्या" (त्यसो त यो रचित घटना सबै ढोङ्गि पुरुषकै हुन तर रचित घटनाको योजनाकार,पात्र आफू हुदा हुदै "नबोदिता" तिरै तेर्साउछदै छ!उ चै निरीह छ ढोङ्गको अगाडि र भन्दिन्छे दुर्घटना हो तर त्यही दुर्घटना नमानी तेस्तै रचित घटना को पात्र उस्लाइ नै मान्दै घटनाहरु निरन्तर दोर्याउन चाहन्छ "उ" )
©siudileep
Tuesday, May 2, 2017
अराजक(?) सालिन (?) झरी अनि रुझाई !
अराजक(?)
सालिन (?) झरी अनि रुझाई !
********************************
आउ,"निथ्रुक्कै "
भिजौ !
भिजौ,
आउ निथ्रुक्कै !!
………………………
एकोहोरो टोलाउदा ,
टोलाउदै;
चुहिने "आशुको" सट्टा
"रगत"को टाटासङ्गै?
………………………………
त्यसैले त आउ,
भिजौ निथ्रुक्कै !
पक्ष,
बिपक्ष,
आशु,
र,रगतै पखालिने गरि !
रास्ट्रवाद,(?)
अनि,
अरास्ट्रवाद (?)समेत भिज्ने गरि !!……………………
निथ्रुक्कै,हो निथ्रुक्कै।.......
नकुरौ मौसम,
वर्षा, ……………
भिजौ,निथ्रुक्कै
आउ निथ्रुक्कै भिजौ !!
Subscribe to:
Comments (Atom)
भागदौड
किन भरीरहेछन् अञ्जली-अञ्जली, मुठ्ठी-मुठ्ठी बालुवा । र दौडिरहेछन् जोडजोडले च्याप्दै अञ्जली, जोडजोडले कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...
-
किन भरीरहेछन् अञ्जली-अञ्जली, मुठ्ठी-मुठ्ठी बालुवा । र दौडिरहेछन् जोडजोडले च्याप्दै अञ्जली, जोडजोडले कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...
-
ऐठन …………………………………………… कहिले काहीँ सपनाका कुरा गरम । अनुहार भरी मुज्जाले भरिएकी दुब्ली बृद्दा छेउमै सुतेको सानो ख्याउटे नातिक...
-
बुद्द,परेवा र एक थान सपना --------------------------- रगत लतपतिएको कुरुप बुद्दको मुर्ति देखाउदै, हड्बडाउदै भाइ चिच्यायो...


