Friday, July 28, 2017

अन्धकारमा सेतो किरणको खोजि

     

     अन्धकारमा सेतो किरणको खोजि
       ****************************
क्रमश:
निलो,पहेलो,हरियो,निलो.....
बत्तिहरु बले
र बल्दै गय
खैरा ,राता...अनि अन्य अन्य अन्य ..
तर बलेन सेतो !
सेतोको प्रतिक्षा धेरै बेर गर्दा समेत !
बरु 
बल्यो एकदमै तेजिलो कालो पनि !
तर 
अह !
बल्दै बलेन "सेतो"

कतै झिर्लिक्ककताको ( सेतो बल्ने )आशामा 
कुर्दाको  ,
हेर्दाको
थकानबीच
झन् झन् तेजिला हुदै गय सबै बत्ति 
अझै चम्कियो आखा तिरमिराउने कालो बत्ति
 र झुल्कियो 
कतै बाट बाटो बिराई 
 "सेतो किरण"बोकी 
सेतो परेवा !
तर ,
तिरमिराउने अन्य 
अझै झन् तिरमिराउने कालो 
बत्तिको तेजले छट्पट्याइ रह्यो 
र बदलियो 
अन्य रङ्गमै 
अनि 
मलिन ,याचना पुर्बक हेर्दै 
बदलिदै गयो कालो झन् कालो रंगमै 
सेतो को प्रतिक्षा गर्ने हिम्मत समाप्त भो 
र बदल्दीय उस्तै
गरी "म"लाइ 
पनि अन्य रंग हुदै 
झन् झन् कालो रंग मै 
र बल्यो बत्ति झन् कालो चम्किलो गरि 
सब्बै निल्ने क्षमताका साथ
र कालोको चम्किलो(?)मा 
सबै समाहित 
रह्यो बेचैन 
र गाढा कालो कालो कालो अन्धकार  । (कालो चम्किलोमा... भयानक डरलाग्दो अन्धकार बाहेक अरु केहि हुन्छर?)

वाओ !कत्रो महानता ।



      वाओ ! कत्रो महानता ।
 ***********************

सुर्यको कति ठुलो आत्मबिस्वास ,
भविष्य प्रति !
"यहि ठाउमा "
फेरी  "अर्कोठाउबाट" झुल्किन्छु भन्ने !
त्यसैले त अस्ताउदा पनि उस्तै बिचित्रता संग
आउदा/झुल्किदा  भन्दा
झन् झन् विचित्रतासंग                                                                                                                                                                                                                                                          
अस्ताउदै जादा झन् सुनौलो
बिदाइ हेर्नेलाइ लालायित पार्दै
झुल्किदा जस्तै "सुनौलो"
जादा झन् "सुनौलो "।

कति ठुलो "त्याग"
आउदा जत्तिकै
अझै बढी
बिदाइ गर्नेहरुको जादा उत्सब ।

कति ठुलो महानता                                                                                  ( sunrise ,photo:google )  
हो ! कति ठुलो
महानता।
कति ठुलो स्वीकारोक्ति
आउदा भन्दा जादा झन् "सुनोलो( ?)भयर जानु "
आयपछि जानै पर्छ भन्ने,
र त झन् झन् मुस्कुराउदै जान्छ ।
र ,
कति दुरदर्शी -
जादा मुस्कुराउदै/"सुनौलो हुदै "?

भविष्य सुनौलोको संकेत गर्दै डुब्नु ।......





                                                                               (sunset, photo:google)

















Monday, July 24, 2017

"सेतो" रंगाई "रातो" क्रान्ति(?)

    
              "सेतो" रंगाई "रातो" क्रान्ति(?)
           ***************************



"सेता परेवाकोहरु" स्वतन्त्र उड्दै गर्दा,
ढुकी बस्ने "चिल हरुले" झम्टेर
रगताम्मे बनाइदिदा
"सेतो"बाट "रातो" रङमा
बदलिनुलाई तिमि "क्रान्ती" भन्छौ !
र ,त मित्र
बाटो ,
चोक र
नजरबाटै तर्केर हिड्न मन लाग्छ ।







siudileep
०७४/असार

Friday, July 14, 2017

बिचरा ! परेवा !!





बिचरा ! परेवा !!
***************






बिचरा"परेवा"!
बथान"सारौ"हरुको सल्बलाहट
र,कोलाहलमा
घुरघुराहट चुपचाप……
शान्त घुरघुर,कोलाहलले
दबिएपछि।
चारो टिप्न गुडबाट ओर्लनुमै
सकस!
उनिहरुकै पकडमा छ सबै "चिज" (परेवा बस्ने सत्तल,बतासि,गुड,चर्ने ठाउँ,स्वतन्त्र उड्ने आकाश समेत,मिठो शान्त,सालिन घुर्घुराहट दब्ने भैहाल्यो कोलाहलमा अनि आवाज दबिनु नौलो कुरै भयन,अनि आहारा ,चारो समेत बथान सारौको हालीमुहाली भापछी सबै सबै सबै पकडमा छ सारौहरुको !)
परेवाहरु……
सधै ,सधै,सधै…………
मौन,
शान्त,
शालिन(ठुग्न आउने सारौहरु सङ्ग अस्थित्त्व रक्षामा गुपचुप गुपचुप"अँध्यारो" कतै भित्री कुनामा/ओसिलो गुडमा) ।

"करान्तिकारी" र "क्रान्तिकारी"


      

       



                     "करान्तिकारी" र "क्रान्तिकारी"
           ******************************



"क्रान्ति" गर्छौ भन्ने करान्तिकारी
काला "चिलहरु"का हुल  बिरुद्द
नै क्रान्ति गर्ने
र परास्त गर्ने .....
(अहो!क्रान्ति गर्छौ भन्ने  हरुकै बिरुद्द क्रान्ति आश्चर्यजनिक आश्चर्यता के होला या भन्दा !)

क्रान्तिकारी "सेता परेवा"का समुह बढे भने ?
(अहो ! शब्दैमा भिन्नता ? काला चिलहरुका "हुल" "करान्तिकारी"! सेता परेवाहरुका "समुह" "क्रान्तिकारी"
 आश्चर्जनिक आश्चर्य के हुन्छ या भन्दा !  )

****************************************************************************


"सेता परेवा " देख्नै नसक्ने
देख्ने बित्तिकै झम्टिने ,
आहारा बनाउने ,
ढुकेर,
र ,गुडमै पसी समेत !
काला चिलहरु,
( बाच्नु को लागि आहाराको लागि अन्य खाना खोजि मा भौतारिनु भन्दा परेवा नै खानु गुड मै पस्नु आश्चार्यजनिक आश्चर्य हैन !)
****************************************************************

काला चिलहरुका बिरुद्द
सेता परेवा बढे भने .......
सेता परेवाका आहारा
बिस्कुन मात्र नभै
काला चिलहरु हुन थाले भने ?
र समुह बढेर
आहाराको खोजीमा गुड मै पसे भने ?
(साना सेता परेवा ले ठुला काला चिल आहारा बनाउनु या भन्दा ठुलो आश्चर्यजनिक आश्चर्य के होला ?! धेरै शंख्याका चिलहरूलाइ  थोरै शंख्याका परेवाले आहारा बनाउनु झन् ठुलो आश्चर्यजनिक आश्चर्यता !!)

******************************************************************************

हो !
काला चिलहरु "परिवारनियोजन"गर्दै जालान
र गर्न बाध्य होलान !
सेता परेवाहरु "फ्याम्ली प्लानिङ्ग"...........................................................................


*********************************************************************
 - [ माथि सानो कोष्ठ ( ) मा उल्लेख बर्बराहट ,एउटा बर्बराहटसंग अर्को परस्पर बिरोधि  बर्बराहट हो  । ]





 कालाचिलहरुको
"बन्ध्याकरण"गर्दिने आखिर
 सेतै परेवाले न हो ! ...............................

।।।।।।।।।









-siudileep
असार/0७४








Wednesday, July 12, 2017

बनेको साधन बनाइएका निरीह साधन (?),






बनेको साधन
बनाइएका निरीह साधन (?),
सक्क्किनु ,सक्काउनु "नियती"


**********************************


जति उज्यालिए पनि
र उज्याल्याय(?) पनि
आखिर
निभ्नै पर्छ के रे !
…………………………………………………
उज्याल्याउन,
प्रज्वलित हुन………
अरु "सिद्दिनेहरु " (उज्यालो त मात्र साधन हो (?) !उज्यालिन,बल्न उज्याल्याउन निरन्तर सिद्दिनेहरु सिद्दिनै पर्छ ज्योती बल्न , बिचरा! तेल,बत्तिहरु ……… र कयौ बत्तिहरु बिलौना नगरी सिद्दिएकै छ्न सिद्दिरहेछ्न )
सिद्दिएपछि !

उज्यालिनेहरु-
तिमी,
हो तिमी
उज्यालोलाइ सम्झिन्छ्न

ती उज्यालोको लागि उज्यालिन
निरन्तर सिद्दिनेहरुलाइ !
………………………………………………
उज्यालिन,
उज्याल्याउन,
अध्यारिएपछी सम्न्झिन्छ्न !
उज्यालिन निरन्तर सकिनेहरु
सकिदै गयपछि,
उज्यालिएर उज्याल्याउनेहरु
धिप~धिप~धिप्प ~~धिप्प~~धिपधिप्धिप्प~~~धिप्धिपाउदै
सकिनेहरुको सम्झना गर्छ्न।
सकिनेहरु निरन्तर सकिदै गयपछि,

सकिएपछी
ध्याप्प निभ्नै पर्छ के रे !
…………………………………………………………
सकिनेहरु नसकिन्जेल
न उज्यालो दिनेले "सकिनेहरुलाइ"सम्झन्छ
न उज्यालिनेहरु
उज्यालो दिनेलाइ
न उज्यालो दिन सकिनेहरुलाइ ।
अध्यारिन थालेपछि
अध्यारिएपछी…………………
मात्र
हो !अध्यारिए पछि मात्र !! ।
…………………………………………………………

उज्यालो दिने
आफै प्रज्वलितको ,
उज्याल्याएको ,
प्रकाश छरेको………"मीठो भ्रम"मा मुग्ध !
उज्यालिने
 आफै उज्यालिएको "मीठो भ्रम "मा मुग्ध !
बिचरा !
उजेलिन,
प्रज्वलित हुन ,
उज्याल्याउन………
निरन्तर सकिने,
सकिदै जाने ,
 र सिद्दिनेहरु "मिठा भ्रम" को साक्षी ।
मौन
हो !मौन
साक्षी !!
निरन्तर …………
मौन
साक्षी !!
मौ~~~~न्न्न्न्न्न्न्न्न्न्न्न्न्न्न्न्न्न्नन्न्न्नननन…………
साक्षि ।।







Sunday, July 2, 2017

बाकि के नै छ र ?नांगिनु ।



                 बाकि के नै छ र ? नंगिनु ।

                 **********************








म /तिमि/हामी
आफै आफै नाङ्गिएकै छौ ...
नाङ्गिन बाकि छ भने (बहुत दुर्लभ कुरा हो बाकि हुनु अरुलाई नङ्यझै गरि आफै पूर्ण नि:बस्त्र भैसक्या छौ!)
नङ्याऔं एक अर्कालाई।...
**************************
चिथरौ बेस्सरी!
हो बेस्सरी !!
किनकि ,
आफै नाङ्गिसकेका हामि
यसैका लागि लाएक छौ  सायद ! ................








भागदौड

 किन भरीरहेछन्  अञ्जली-अञ्जली,  मुठ्ठी-मुठ्ठी  बालुवा ।  र दौडिरहेछन् जोडजोडले  च्याप्दै अञ्जली, जोडजोडले  कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...