Wednesday, November 8, 2017
(फोटो कथा) -चिर निद्रामा हामि
(फोटो कथा) -चिर निद्रामा हामि
****************************
साच्चि-
कसलाई ब्युझाउन बजाउछौ घन्टी?
"मलाइ"
कि "तिमि आफैलाई"?
निरन्तरका टिङ्..टिङ्..टिङ्गबाट..
ब्यूझ्यौ?
कि ब्यूझ्यायौ त?..
न ब्युझंछौ "तिमि "
न ब्युझन्छु "म" ।
किनकि ,
ब्युझन पर्ने तिमि त चिर निद्राको अभिनय गर्छौ भने
म त
बन्दिगृह मा "तिम्रा विचार "द्वारा कैदी
ब्युझुलार ?
(तिमि पनि उस्तै उस्तै म जस्तै .... स्वतन्त्रता,विचार सुम्पी ,तोड्ने हिम्मत नहुदा बनेका कैदी ,कैदी बन्न मन्जुरीमा टाउको हल्लाउने कैदी )
.......................................................
तिमि आफै ब्युझे कति जाति हुन्थ्यो....
तर ,
न ब्युझिन्छौ तिमि
न ब्युझिन्छु म
किनकि "म मुर्ति हु" ....
तिमि "तथाकथित सर्वश्रेष्ठ"को खोल ओढ़या "अर्को मुर्ति" ।
(म बरु पुजिन्छु(?),
तिमि पुजिन चाहन्छौ)
.................................
बजाउ घन्टी,
जति बजे पनि/बजाए पनि चिर निद्रा तोडिदैन,
त्यसैले ,
बजाउ नडराई बजाउ.....................।
Subscribe to:
Post Comments (Atom)
भागदौड
किन भरीरहेछन् अञ्जली-अञ्जली, मुठ्ठी-मुठ्ठी बालुवा । र दौडिरहेछन् जोडजोडले च्याप्दै अञ्जली, जोडजोडले कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...
-
किन भरीरहेछन् अञ्जली-अञ्जली, मुठ्ठी-मुठ्ठी बालुवा । र दौडिरहेछन् जोडजोडले च्याप्दै अञ्जली, जोडजोडले कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...
-
अक्षरका थुप्रा र ,समाहित(?) "जिबन चक्र" ************************************ असरल्ल छिरलिएका "अक्षर"का थुप्रोक...
-
बसाइसराइ ******************** "समबेदना" अचेल क्रमश: क्रमश : बसाइ सर्दैछन /सरे मुटु बाट [मुटुबाट त धेरै भो सरेको ] ! ओठ , ...

No comments:
Post a Comment