Wednesday, November 8, 2017

(फोटो कथा) -चिर निद्रामा हामि

 


      (फोटो कथा) -चिर निद्रामा हामि
    ****************************

साच्चि-
कसलाई ब्युझाउन बजाउछौ घन्टी?
"मलाइ"
कि "तिमि आफैलाई"?
निरन्तरका टिङ्..टिङ्..टिङ्गबाट..
ब्यूझ्यौ?
कि ब्यूझ्यायौ त?..
न ब्युझंछौ "तिमि "
न ब्युझन्छु "म" ।
किनकि ,
ब्युझन पर्ने तिमि त चिर निद्राको अभिनय गर्छौ भने
म त
बन्दिगृह मा "तिम्रा विचार "द्वारा कैदी
ब्युझुलार ?
(तिमि पनि उस्तै उस्तै म जस्तै .... स्वतन्त्रता,विचार  सुम्पी  ,तोड्ने हिम्मत नहुदा बनेका कैदी  ,कैदी बन्न मन्जुरीमा टाउको हल्लाउने कैदी )
.......................................................

तिमि आफै ब्युझे कति जाति हुन्थ्यो....
तर ,
न ब्युझिन्छौ तिमि
न ब्युझिन्छु म
किनकि "म मुर्ति हु" ....
तिमि "तथाकथित सर्वश्रेष्ठ"को खोल ओढ़या "अर्को मुर्ति" ।
(म बरु पुजिन्छु(?),
तिमि पुजिन चाहन्छौ)
.................................
बजाउ घन्टी,
जति बजे पनि/बजाए पनि  चिर निद्रा तोडिदैन,
त्यसैले ,
बजाउ नडराई बजाउ.....................।




No comments:

Post a Comment

भागदौड

 किन भरीरहेछन्  अञ्जली-अञ्जली,  मुठ्ठी-मुठ्ठी  बालुवा ।  र दौडिरहेछन् जोडजोडले  च्याप्दै अञ्जली, जोडजोडले  कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...