Monday, November 13, 2017

एक “अर्धपागल”को देहत्याग , अर्को “पागल”को स्पस्टोक्ति !

 

    
     

        एक “अर्धपागल”को देहत्याग , अर्को “पागल”को स्पस्टोक्ति !
     ********************************************


च्याप्प बोटल छोप्यो ,
बिर्को खोल्यो र , लग्यो मुखमा
घोत्याउन/घुट्क्याउन आट्या मात्र थ्यो,
खै के सोच्यो ....
बिस्तारै खन्यायो बिर्कोमा खाएन, हेरिरह्यो ...........................
र टेबलमा राख्दै
फ्त्फतायो - सबै बोटलकाले “आतमा मात” दिदैनन,
ति बिसेस हुन्छन ।
(यो पहिलो बोटलको कुरा ..........)
****************************************
छेउको कुर्सि तान्यो
बस्न खोज्यो
खै के सोच्यो ,बसेन हेरिरह्यो ........
र पर धकल्दै
फत्फतायो-सबै कुर्सिहरुले आराम दिदैनन,
ति बिसेस हुन्छन ।
(यो पहिलो कुर्सिको कुरा......... )
************************************
फत्फताउदै बाहिरियो...
र , केहिछिन पछि भित्रियो !
फ्यात्त फाल्यो हातमै बोकी ल्यायको
एक थान कुर्सि,
र, “सानो बोटल” ।
(यी अर्का कुर्सि र बोटलका कुरा )
*********************************
बस्यो कुर्सिमा,
र, राख्यो बोटल टेबलमा..
(जहा राख्थ्यो पहिले चियाको कप,केहि थान किताब ,लेख्ने डायरी र कलमहरु अनि प्रेमिल चिठीहरु ! अनि आराम दायि कुर्सीमा बस्थ्यो र लेख्थ्यो पढ्थ्यो ! आज पहिलेको कुर्सि आरामदायी लागेन !आज “बिसेस” ल्यायो )
पहिलो कुर्सि र बोटललाइ हेर्दै...
फ्याक्यो एक फित्को हासो (?) ।
आज पढेन किताब ,
पढेन प्रेमिल चिठीहरु !
लेखेन कविता,
लेखेन प्रेमिल चिठीहरु !
(खाएन चिया ,र खायन आज कहिलेकाही ”आतमा मात” दिने चिज भन्दै खाने “बोटल” ,आज आतमा मात दिने चिज लागेन ! आज “बिसेस” ल्यायो)
र ,खोल्यो सानो बोटल
घुट्क्यायो एकै सासमा.....
छट्पट्यायो निकै बेर...
छट्पटिदा पल्टायो
पहिलेका सम्पूर्ण सामान ( कुर्सि ,टेबल ,कप बोटल डायरी सबै सबै...उडायो प्रेमिल चिठीहरु) ।
बराजियो भुइमा,
पछिल्लो “आराम दायी कुर्सि”
र “आतमा मात” दिने “सानो बोटल” संगै
“चिर ...........आरामदायी तरिकाले बस्ने र आतमा मात दिने गरि । ”
बिहानै सुनाकोथ्यो-
प्रेमिल चिठीहरु आउने बाटोमा,
“ढुकुर” थाप्ने जालहरुसंगै
खित्का छाड्दै “पहिलो आरामदायी” कुर्सीमा बसेर
“पहिलो आतमा मात” दिने बोटल संगैका
केहि थान “ढुकुर ”सिकारी
र,
“परेवा” मारी,
“चिल” हरुले सन्तान हुर्काएको “सपना” ।
(सायद ! “सोच्यो र आफै तर्क गर्यो सपना नभै यो “बिपना” नै हो ! अनि,.............................................................। )

Siudileep
२०७३

Wednesday, November 8, 2017

काठ र कला

     
      "काठ" र "कला" ..
*************************

आखिर काठ हो..
"कला"बनिदियो कला भर्नेको हातमा पर्यो र त !
.बस्यो सजिने/सजाउने गरि ।
अनि..
झन् राम्रो कला बन्यो
त्यहि काठबाट
बन्यो"टुडाल" झन मिठो कला बनी .................................





iter.cप्रश्न सकिएका कि तिम्रो प्रश्कारिता(?) प्रश्नले जन्माउने "प्रश्न" को डर कि? उत्तर बुझ्ने खुबी नहुनु? नत्र बारम्बा(यात्रा टुंगाउन हतार भका हामि के जानौ) छोटो यात्रामै बिश्राम चाहने हामि, अरुलाई "सक्काउने र लथालिंग पार्न" उद्दतको भिड न हौँ। (अस्वीकार्य) लथालिङ्ग हुन कोहि चाहाला अनि , स्विकार्ला र कोहि? आफैलाई सक्काएर ! (अरुका लागि) अनन्त तिरको..यात्रामा यात्रारत"यात्रु" बाहेक?छुरा लथालिङ्ग हुन कोहि चाहाला अनि , स्विकार्ला र कोहि? आफैलाई सक्काएर ! (अरुका लागि) अनन्त तिरको..यात्रामा यात्रारत"यात्रु" बाहेक?छ भन्खोकहिलेकाही उज्यालो घातक हुदैन र? ... "धेरै" अध्यारोमा एकैचोटी "धेरै"उज्यालो झ्याप्प बल्दा उज्यालो, त्यो अध्आखिर काठ हो.. "कला"बनिदियो कला भर्नेको हातमा पर्यो र त !.. बस्यो सजिने/सजाउने गरि। अनि..बन्यो"टुडाल" झन मिठो

(फोटो कथा) -चिर निद्रामा हामि

 


      (फोटो कथा) -चिर निद्रामा हामि
    ****************************

साच्चि-
कसलाई ब्युझाउन बजाउछौ घन्टी?
"मलाइ"
कि "तिमि आफैलाई"?
निरन्तरका टिङ्..टिङ्..टिङ्गबाट..
ब्यूझ्यौ?
कि ब्यूझ्यायौ त?..
न ब्युझंछौ "तिमि "
न ब्युझन्छु "म" ।
किनकि ,
ब्युझन पर्ने तिमि त चिर निद्राको अभिनय गर्छौ भने
म त
बन्दिगृह मा "तिम्रा विचार "द्वारा कैदी
ब्युझुलार ?
(तिमि पनि उस्तै उस्तै म जस्तै .... स्वतन्त्रता,विचार  सुम्पी  ,तोड्ने हिम्मत नहुदा बनेका कैदी  ,कैदी बन्न मन्जुरीमा टाउको हल्लाउने कैदी )
.......................................................

तिमि आफै ब्युझे कति जाति हुन्थ्यो....
तर ,
न ब्युझिन्छौ तिमि
न ब्युझिन्छु म
किनकि "म मुर्ति हु" ....
तिमि "तथाकथित सर्वश्रेष्ठ"को खोल ओढ़या "अर्को मुर्ति" ।
(म बरु पुजिन्छु(?),
तिमि पुजिन चाहन्छौ)
.................................
बजाउ घन्टी,
जति बजे पनि/बजाए पनि  चिर निद्रा तोडिदैन,
त्यसैले ,
बजाउ नडराई बजाउ.....................।




Thursday, November 2, 2017

.....सादा .......सादा : ("रंगिन सादा "(?)......)



   
    .......... सादा .......सादा :  ( "रंगिन सादा "(?)......)

    *******************************************

  उडिरहेका/चरिरहेका .....
(बच्चालाई चारो खुवाइरहेका ,अण्डा छोपिरहेका यस्तै यस्तै यत्र तत्र घुमिरहेका ,घुरघुराउदै जोडी गोलाकार घुमिरहेका .......................यस्तै यस्तै )
परेवाका सेता जोडीहरु ,
झरना झर्झराउदै झर्दा उडेका सेता "बाफ "हरु..
र ,
यस्तै थुप्रै "सादा"हरु
आफूभित्र "इन्द्रेणी " बोकेर हिड्ने
सादा ,सादा...!

सधै  साथ साथ
इन्द्रेणी बोकी हिड्ने सादा हरु ....
सादालाइ जसो चाह्यो उसै रंगाउन मिल्यो
रंगिन रंगाउदा कुरूप देखिन्छ ।
 इन्द्रेणी बोकी हिड्ने सादा हरु...
इन्द्रेणीका सात मिसाउदा सेतो बन्दिने
बिचित्र "रंगिन"(?) सादा सादा हरु .......!

त्यसैले ,
जुन चाह्यो उसैमा रंग्याउन मिल्ने
"खल्तीमा" इन्द्रेणी बोकी हिडेका सादा हरु.....
.....सुर्यको प्रकाश,किरण( ?) जस्तै सादा ।
सात रंग बोकीहिड्नुको सादा
त्यसैले सादा सादा नै गज्जब लाग्छ
सात रंगिन इन्द्रेणीका  रंग मिसिदा बनेको सादा ।


("सेतो रंगको मात्र कुरा" हैन...........इन्द्रेणी बोकी हिड्ने सम्पूर्ण सादा....कस्तो  मिठो अनौठो धेरै धेरै रंग बोकिहिड्दा भइने सादा)





Monday, October 30, 2017

फोटो : "फगत ,तथाकथित प्रमाण" !




         
                फोटो :  "फगत ,तथाकथित प्रमाण" !
****************************************


खल्ती भरि गट्टा /गुच्छाले
लत्रिएको कट्टु सम्हाल्दै कुदेका पलहरुको फोटो कैद छ ?
 झिर्लिक्क झुल्किएका-
इन्द्रेणी हेर्दै कुदेका पल हरुका
फोटोमा कैद छन् ?
 ति  त कैद छन मस्तिस्कमा
नखुइलिने,नमेटीने गरि स्पस्ट ।
तथाकथित फोटो त बहाना
र
प्रदर्शन प्रदर्शीत साधन हैन र ?
प्रमाणहरु लागि !
जहा फगत झुट ( ?) ,
प्रदर्शनको भुत सवार (?) भइदिन्छ
त्यहा "प्रमाणको फोटा कैद भैदिन्छ" !

बृद्द हजुरबा/हजुरआमाका काखमा लटपटिएर
सुनेका लोक कथाका पलहरु
फोटोमा कैद छन ?
[केहि कैद फोटोहरुले ति स्मृतिको अलिअलि नोस्टाल्जिया बाहेक स्मृतिमा कैद मिठा पलको सन्तुस्टी देला र ?
र त्यो सम्भब होलार? ]
प्रेम गर्नेहरुका खुशीका,
चित्त दुखाइका पल,
अनि ति पलमा तप्केका
हासो [हासो पनि तप्काइमै मापन गरिदिउ खुशीमा तप्किने आशु जस्तै ,
र चित्त दुखाइमा छल्किने चित्त दुखाइ जस्तै ]
प्रिय मान्छेहरुका चित्त दुखाइहरुका पल
र
चित्त बुझाइका पलका
स्मृति फोटोमा कैद सम्भब होलार ?
आध्यात्मिक गल्लिहरुका भौताराइहरु  [भौतारिनु केहि भेट्न ,खोज्न ,प्यास मेट्न यस्तै यस्तै त्यो भौताराइ आध्यात्मिक गल्लिसंगै भौतिक गल्लीको समायोजनात्मक गल्लि हुन पनि सक्छ ]
मस्तिस्क बाहेक अन्त कतै कैद होलार ?
प्रिय मान्छे हरुको  [त्यहा प्रिय मान्छे बाहेक अन्य अप्रिय हरु साथै /जीव हुन पनि सक्छन ...... ]
संगका जम्का भेट [हरुका पलहरु ]
फोटा कैद...[भैहाल्यो भने ]
दर्फराउने गरि कोर्या मस्तिस्क कैदलाइ
देखि नलजाउला र ?

 प्रिय मान्छे हरुका (?).......
जलिरहेको शव [शव मात्र नजली सम्पूर्ण सपना ,आकांक्षा ,भरोशाहरु र स्मृति हरु ,कैद स्वतन्त्रताहरु मुक्त हुदै शव संगै जल्दैका ]
 हेरी टोल्याउदै ,
 अब्यबस्थित उडेको धुवामा
बनाएका ब्यबस्थित अस्थाई
आकृतिको फोटो कैद सम्भब होलार ?
अन्तर मनमा गुम्सिएका
अव्यक्त [ ब्यक्त्त गर्न अपुग शब्दहरुका चंगुलले ]
यस्तै धेरै धेरै...
 अन्तरमनका भाबको
फोटो सम्भब होलार?
रमणीयताको /यस्तै यस्तै अन्यताको..
 "  तथाकथित फोटो खिचाईले"
सम्पूर्णता फोटोमै कैद हुने भ्रममा
रमणीयताबाट/यस्तै यस्तै अन्यताबाट बिमुखताले(?)
 [मात्र फोटोमा ,फोटो खिचाइमा मग्नताले पूर्ति गर्लार ?
आखाको खिचाई मस्तिस्कको फाइलमा "क्लिक"  प्राकृतिक "क्लिकता लाइ  "?]
कतिन्जेल थेग्ला मजाको झंझंनाहट ?
यस्तै थुप्रै पल हरु....[टुडाल हेर्दै "डेटका" पल {त्यो डेट प्रेमिका /प्रेमीको मात्र हुन्छ भन्ने छैन ,नहुन पनि सक्छ}खोला किनार ,घाटहरुका यात्राहरुका पलका मिठास ,भडास सबै सबै  फोटोमा कैद होलान र ?]
 फोटो त तथाकथित  बहाना हुन,
प्रमाण[यस्तै अन्य अन्य ... "केहिता" का ]
प्रदर्शन दम्भताका .............
या यस्तै यस्तै ...
मात्र ! फगत "प्रदर्शित साधन" ! ।


[नोट-फोटो /फोटो खिचाईको बिरोध पटक्कै हैन !र यसरि नबुझियोस पनि ।
फोटो खिचाई/फोटोको महत्व आफ्नो ठाउमा बडो सानदार ,सुन्दर छ ! ...
यो मात्र हो "तथाकथित  फोटो /फोटो खिचाई /फोटोमै सम्पूर्णता खोज्दैका " र यस्तै यस्तै केहि ..ता हरु प्रतिको भडास अझै भनु "तथाकथित भडास" मात्र तथाकथित भाडास ]

 ©siudileep 




बिघटित मोहमा उत्सब(?) (एक अपिल.... नबोदिता संग ...........)

 

          बिघटित मोहमा  उत्सब(?)
      (एक अपिल.... नबोदिता संग ...........)
**********************************

प्रिय नबोदिता, (यो सौहार्दपूर्ण सम्बोधन मात्र हो ! अन्य केहि हैन,छैन :) )
एक रात(?),
एकाध घण्टा/मिनेटमा(समयमा "प्रेम" तौलेर तौलिदै .....)
"बस्ने र,छुट्ने"
तथाकथित "प्रेम"हरु....का 
छुटाईमा 
रोइलो किन ?
उत्सब मनाउ नबोदिता,
उत्सब।
"मोहहरु"लाइ प्रेमका परिभाषाले
परिभाषित गर्दैका "तथाकथित तिम्रा प्रेमहरु"
 (नकी  प्रेम..प्रेम न बस्छ न छुट्छ न त परिभाषित नै हुन्छ अन्तरमनका अभिब्यक्त  नहुने स्वस्छ भाबहरु बस्ने,छुट्ने मर्ने हुन सम्भब छ र ?)
छुटेकै गज्जब .........।
आउ नबोदिता,
आउ 
हो !मज्जाले 
उत्सब मनाउ........
"तथाकथित मोहका"बिघटनहरुमा ।
नबोदिता.........
हो  !
उत्सब मनाऔ....उत्सब ।।


      - siudileep
कार्तिक ५ /२०७४


Sunday, September 17, 2017

अध्यारा गल्लीमा उज्यालो ज्योति




     अध्यारा गल्लीमा उज्ज्यालो ज्योति
     ************************

साघुरा,घुमाउरा अन्धकार"गल्लिहरु"
भौतारिदै"केहि खोज्दै" .......

भेटायो(?) भेट्यो!
सायद ! उसलाई नै खोजेथे(?)
"केहिले"नै(दिब्य प्रकाश,भ्रभराउदो ज्योति).....
 "केहि"भेटेपछि,
चम्कियो सब
चम्किए अध्यारा गल्लि पनि
 र ,
चम्कियो"आत्मा" (?) ...
आखिर चम्क्याथ्यो "प्रकाश"पहिले नै ....
तर भेट्यो उसले...(?भेट्यायो "उसले"(?)  .."उसलाई"(?) ) ।

भागदौड

 किन भरीरहेछन्  अञ्जली-अञ्जली,  मुठ्ठी-मुठ्ठी  बालुवा ।  र दौडिरहेछन् जोडजोडले  च्याप्दै अञ्जली, जोडजोडले  कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...