Monday, November 13, 2017

“अपरिचित “ पात्र पूर्तिको लागि सपनामै “मृत पात्र” स्वयं उपस्थित ! (“आफ्नै मृत्यु”को सपनाको [आफै मर्या सपना]– दिक्कलाग्दो बर्बराहट )



 

   “अपरिचित “ पात्र पूर्तिको लागि सपनामै “मृत पात्र” स्वयं उपस्थित !
    (“आफ्नै मृत्यु”को सपनाको [आफै मर्या सपना]– दिक्कलाग्दो बर्बराहट )


**********************************************************

पछारियो धन्द्र्याम्म्मम्म्म ........
खैलाबैला मच्चियो चोकमा -मान्छे हिड्दा हिड्दै पछारियो,. सायद ! मर्यो स्वा,फ्वा केहि छैन .....
जुन चोकमा पछारियो उ त्यो चोक बाट गुम्बा,मस्जिद,चर्च,मन्दिर जाने छुट्टाछुट्टै बाटा थिए गोलो अजिब चोक  ! चोकबाट चार तिर बाटाहरु फाट्ने .......।
मान्छेहरु जम्मा भए “परिचित” तर “अपरिचित” उसको  ढलेको छेउमा .......
खैला बैला सुरु भो आफु आफुमा जम्मा भाको भिडमा -यो सधै हिड्थ्यो यो बाटो न बोल्थ्यो न कतै हेर्थ्यो आफ्नो सुरमा दिनहु हिडिरहन्थ्यो तर खै को हो के हो था भयन...
पुजारी ,भिक्षु ,पादरी ,मुल्लाहरु आय हेरे सबैले एकै स्वरमा भने “ए यी हाम्रो धर्मालम्बी व्यक्ति हुन “ यति सम्म एउटै स्वर सुनियो अनि बाकि चै फरक फरक “सधै मन्दिर ।मस्जिद।गुम्बा।चर्च । आउथे आज पनि आउदै थिय लडेछन !”
 (भिडमा सबै मुखा मुख गर्न थाले सबैले देखेकै थे सधै हिड्थ्यो कहिले कता मोडिन्थ्यो कहिले कता कहिले कता !)
तर,
फेरी मिश्रित स्वर सुनियो - यिनको अन्त्यस्टिको ब्यबस्था हाम्रो धर्म अनुसार भब्य गर्छौ (त्यहाँ मानबता ,भाबुकता......भन्दा अन्य केहि थियो किनकि देखाउनु थ्यो आफ्नो आफ्नो धर्मले कसरि सम्मान गर्छ बेबारिसे मानबलाइ(?) )।
मत बाझियो आफ्नो आफ्नो धर्मको पक्षमा “उ”हाम्रै धर्मालम्बी हो गुम्बा आउथ्यो शान्त बस्थ्यो पढिरहन्थ्यो एकान्तमा केहि बोल्दैनथ्यो आज पुर्णिमा त्यसैले उ गुम्बा जान हिड्दा हिड्दै ढल्यो हाम्रो रिति अनुसार अन्त्यस्टि गर्छौ “-भिक्षु बोले (उनलाई देखाउनु थ्यो त्यस बिसेस उत्सब(पूर्णिमामा )जम्मा भाका टाढा टाढाका  धर्मालाम्बिहरुलाई “आफ्नो” धर्मले कसरि निरिहको भलो गर्छ र देखाउनु थ्यो “अन्य” धर्मालम्बीलाई आफ्नो धर्मले गर्ने “धुमधाम कल्याण”)।
अन्यले पनि सोहि अनुसार आफ्नो आफ्नो अडान राखे –“उ हाम्रो धर्मालम्बी हो ,आउथ्यो बस्थ्यो डुल्थ्यो केहि बोल्दैनथ्यो बसेर पढिरहन्थ्यो “ । आज पुजा थियो बिसेस मन्दिरमा  । आज सत्संग ,प्रार्थना थियो चर्चमा बिसेस ।आज हाम्रो मस्जिदमा बर्ष भरिका मृतकहरुको सम्झना गर्ने बिसेस दिन थियो । उ त्यसैले आज पनि मन्दिर । चर्च । मस्जिद आउदै थ्यो लड्या हो । (यहाँ पनि बिसेस उत्सबमा टाढा टाढा बाट जम्मा भाका धर्मालम्बीलाई  “आफ्नो” धर्मले कसरि निरिहको भलो गर्छ र देखाउनु थ्यो “अन्य” धर्मालम्बीलाई आफ्नो धर्मले गर्ने “धुमधाम कल्याण”)।
कुरा मिलेन कसैगरी,! भिड गल्यांग मल्यांग गर्दै थ्यो जसले जुन धर्ममा आस्था राख्छ त्यसैको पक्षमा अडान लिएर !हेर्दा हेर्दै भिड पनि विभाजित भयो...।
यो हाम्रै धर्मालम्बी हो (उसको शरीर यस्तरी पछारिएको थियो कि ४ अलग अलग बाटा तिर ४ हात खुट्टा फिजिएका थिए दिशा छुट्टयाझैँ,बाटो संकेत गरेझै गरि,टाउको भने अगाडी लत्रिएको थियो)किनकि यो हतारमा दौडदै आउदा पछारियो दाया खुट्टा मन्दिर जाने बाटो तिर अरु भन्दा अगाडी छ यतै दौडी राथ्यो भन्ने स्पस्ट हुन्छ –पुजारीले (कु)तर्क गर्यो ! यसैमा सबैका आफ्ना आफ्ना धारणा र (कु)तर्क बने - हैन बाया हात हाम्रो तिर अरु भन्दा बढी छ यतै कुदिराथ्यो, । हैन दाया हात हाम्रो तिर छ अरु भन्दा बढी  ,। हैन बाया खुट्टा हाम्रो तिर छ अरु बाटा तिरका अंग भन्दा बढी लत्रिएर ,यतै कुदिराथ्यो भन्ने स्पस्ट हुन्छ ।
कुरा मिल्ने छाटकाट आएन ,र यत्तिकैमा  भिडबाट कसैले भन्यो -उसका चार हात खुट्टा जता जता फिजिएका छन् काटेर आफ्नो आफ्नो रिति अनुसार अन्त्यस्टि गर्ने । सबै मुखा मुख गरे र सहमति सूचक टाउको हल्लाए ।(यहाँ सबैलाई देखाउनु थ्यो,भब्य सम्मानका साथ अन्त्यस्टि गरेर “आफ्नो” धर्मले (यसरि पनि, मानब कल्याण गर्छ) र “अन्य” धर्मालम्बीलाइ “बेबारिसेको” अन्त्यस्टिमा भव्यताको प्रदर्सनले आकर्सित गर्ने “सुबर्णअवसर” )।
 अनि टाउको चै अगाडी लत्रिएयाकोले दाया हातको भागमा हुनुपर्छ -भिक्षु बोले । (टाउको ति ४ बाटा तिर नभई अगाडी लत्रिएको थ्यो त्यसैले फेरी आफ्ना आफ्ना अडान बने सबैका आफ्ना भागमा पर्नुपर्ने दाबि सहितका )। फेरी भीडबाट कोहि चिच्यायो टाउको ४ भाग लगाउने । सबैले मुखामुख गरे र सहमति जनक टाउको हल्लाए। भाग लगाउन टाउको काट्ने सुरसार गर्दा गर्दै सबैमा फेरी सुरु भो कलंगमलंग ! र ध्यान जति भीडबाट अगाडी बढेर आयको मानब तर्फ सुरु भो ! फोहरी ,लट्टापरेको फोहर कपाल ,खालि खुट्टा ,४ भागमा ३ भाग शरीर नछोपिने झात्रे झुत्रे कपडा लगाएको मान्छे बेतोड दौडियो र घोप्टियो मृत शव माथि (सबै चिच्याय – ल ल बौलाहा उही पुग्यो लाश छुन ,यो बौलाहालाइ उता हटाउ ) र यत्तिकै जोडले खित्का छाडेर हास्यो र  शवलाइ बिस्तारै मुसार्दै शवकै ढाडमा चिप्कीरहेको ब्याग खोल्यो र ब्यागबाट निकाल्यो केहि थान किताबको बक्स (यति झटपट गर्यो कि उसले यो सबै,उसलाई हटाउदा हटाउदै ,हटाउन खोज्दा खोज्दै ) र जोडले फलाक्यो – “अधर्मिहरु” । सबै मुखामुख गरे । र हेर्न थाले ,थान किताबमा कुरान, बाइबल ,त्रिपिटक ,बेद,गीताका ससाना पकेट बुकको एउटै बक्स ! र बक्स बाहिरै ठुला अक्षरले लेखेको “यिनुहरु त झगडा गर्दैनन त “ ! सबै पछाडी सरे, त्यो मानब फेरी चिच्यायो खित्का छाडेर हास्यो र चिच्याउदै भन्यो “अधर्मी” ।(त्यो खित्कामा ,चिच्याईमा र शब्दमा(अधर्मी) एउटा “बौलाह”ले “सज्जनहरु”लाइ गरेको अठ्ठाहस व्यंग थियो !) फेरी घोप्टियो शव माथि र टाउको मुसार्यो प्रेमपुर्बक, आफ्नो बर्षी पछी भेटिएको भाइको...........................................।
(झ्स्यांग निद्रा खुल्यो डर लाग्यो ,पसिनाले भिज्या सरिर थर्रर काप्यो,एठन भयर ब्युझेकोले शरीर दुखेझैँ भयो ,मुख सुक्यो,लामो सुस्केरा हाले । खै ! सपना पनि कस्तो नराम्रो देख्या उफ ! त्यो सपनामा देख्या “मृत शव” मै आफै थिए। .....................र आक्रान्त भए रिस उठ्यो ,यति बेढङ्गको पनि सपना देखिन्छ !,केहि न केहि सित । अनि बिपनामा सोची टोपले साच्चि त्यो मृत पात्र को होला ?र त्यो बौलाहा पात्र को होला ? सपनाका पात्र पनि कहिल्यै बिपनामा खोजेर भेटिएला त?पात्र पूर्तिको लागि आफै उपस्थिति पो जनाए कि सपनामा :D  ? अनि बौलाहा पात्रको पूर्तिको लागि पनि कोहि परिचित त उपस्थित हुनु पर्ने तर.......। “तपाइँ“ उपस्थित भा भे कति गजब हुन्थ्यो होला है :D :D )


Siudileep
२०७४/....
@रानीमहल/रानीघाट(राति १ बजे ) ।

एक “अर्धपागल”को देहत्याग , अर्को “पागल”को स्पस्टोक्ति !

 

    
     

        एक “अर्धपागल”को देहत्याग , अर्को “पागल”को स्पस्टोक्ति !
     ********************************************


च्याप्प बोटल छोप्यो ,
बिर्को खोल्यो र , लग्यो मुखमा
घोत्याउन/घुट्क्याउन आट्या मात्र थ्यो,
खै के सोच्यो ....
बिस्तारै खन्यायो बिर्कोमा खाएन, हेरिरह्यो ...........................
र टेबलमा राख्दै
फ्त्फतायो - सबै बोटलकाले “आतमा मात” दिदैनन,
ति बिसेस हुन्छन ।
(यो पहिलो बोटलको कुरा ..........)
****************************************
छेउको कुर्सि तान्यो
बस्न खोज्यो
खै के सोच्यो ,बसेन हेरिरह्यो ........
र पर धकल्दै
फत्फतायो-सबै कुर्सिहरुले आराम दिदैनन,
ति बिसेस हुन्छन ।
(यो पहिलो कुर्सिको कुरा......... )
************************************
फत्फताउदै बाहिरियो...
र , केहिछिन पछि भित्रियो !
फ्यात्त फाल्यो हातमै बोकी ल्यायको
एक थान कुर्सि,
र, “सानो बोटल” ।
(यी अर्का कुर्सि र बोटलका कुरा )
*********************************
बस्यो कुर्सिमा,
र, राख्यो बोटल टेबलमा..
(जहा राख्थ्यो पहिले चियाको कप,केहि थान किताब ,लेख्ने डायरी र कलमहरु अनि प्रेमिल चिठीहरु ! अनि आराम दायि कुर्सीमा बस्थ्यो र लेख्थ्यो पढ्थ्यो ! आज पहिलेको कुर्सि आरामदायी लागेन !आज “बिसेस” ल्यायो )
पहिलो कुर्सि र बोटललाइ हेर्दै...
फ्याक्यो एक फित्को हासो (?) ।
आज पढेन किताब ,
पढेन प्रेमिल चिठीहरु !
लेखेन कविता,
लेखेन प्रेमिल चिठीहरु !
(खाएन चिया ,र खायन आज कहिलेकाही ”आतमा मात” दिने चिज भन्दै खाने “बोटल” ,आज आतमा मात दिने चिज लागेन ! आज “बिसेस” ल्यायो)
र ,खोल्यो सानो बोटल
घुट्क्यायो एकै सासमा.....
छट्पट्यायो निकै बेर...
छट्पटिदा पल्टायो
पहिलेका सम्पूर्ण सामान ( कुर्सि ,टेबल ,कप बोटल डायरी सबै सबै...उडायो प्रेमिल चिठीहरु) ।
बराजियो भुइमा,
पछिल्लो “आराम दायी कुर्सि”
र “आतमा मात” दिने “सानो बोटल” संगै
“चिर ...........आरामदायी तरिकाले बस्ने र आतमा मात दिने गरि । ”
बिहानै सुनाकोथ्यो-
प्रेमिल चिठीहरु आउने बाटोमा,
“ढुकुर” थाप्ने जालहरुसंगै
खित्का छाड्दै “पहिलो आरामदायी” कुर्सीमा बसेर
“पहिलो आतमा मात” दिने बोटल संगैका
केहि थान “ढुकुर ”सिकारी
र,
“परेवा” मारी,
“चिल” हरुले सन्तान हुर्काएको “सपना” ।
(सायद ! “सोच्यो र आफै तर्क गर्यो सपना नभै यो “बिपना” नै हो ! अनि,.............................................................। )

Siudileep
२०७३

Wednesday, November 8, 2017

काठ र कला

     
      "काठ" र "कला" ..
*************************

आखिर काठ हो..
"कला"बनिदियो कला भर्नेको हातमा पर्यो र त !
.बस्यो सजिने/सजाउने गरि ।
अनि..
झन् राम्रो कला बन्यो
त्यहि काठबाट
बन्यो"टुडाल" झन मिठो कला बनी .................................





iter.cप्रश्न सकिएका कि तिम्रो प्रश्कारिता(?) प्रश्नले जन्माउने "प्रश्न" को डर कि? उत्तर बुझ्ने खुबी नहुनु? नत्र बारम्बा(यात्रा टुंगाउन हतार भका हामि के जानौ) छोटो यात्रामै बिश्राम चाहने हामि, अरुलाई "सक्काउने र लथालिंग पार्न" उद्दतको भिड न हौँ। (अस्वीकार्य) लथालिङ्ग हुन कोहि चाहाला अनि , स्विकार्ला र कोहि? आफैलाई सक्काएर ! (अरुका लागि) अनन्त तिरको..यात्रामा यात्रारत"यात्रु" बाहेक?छुरा लथालिङ्ग हुन कोहि चाहाला अनि , स्विकार्ला र कोहि? आफैलाई सक्काएर ! (अरुका लागि) अनन्त तिरको..यात्रामा यात्रारत"यात्रु" बाहेक?छ भन्खोकहिलेकाही उज्यालो घातक हुदैन र? ... "धेरै" अध्यारोमा एकैचोटी "धेरै"उज्यालो झ्याप्प बल्दा उज्यालो, त्यो अध्आखिर काठ हो.. "कला"बनिदियो कला भर्नेको हातमा पर्यो र त !.. बस्यो सजिने/सजाउने गरि। अनि..बन्यो"टुडाल" झन मिठो

(फोटो कथा) -चिर निद्रामा हामि

 


      (फोटो कथा) -चिर निद्रामा हामि
    ****************************

साच्चि-
कसलाई ब्युझाउन बजाउछौ घन्टी?
"मलाइ"
कि "तिमि आफैलाई"?
निरन्तरका टिङ्..टिङ्..टिङ्गबाट..
ब्यूझ्यौ?
कि ब्यूझ्यायौ त?..
न ब्युझंछौ "तिमि "
न ब्युझन्छु "म" ।
किनकि ,
ब्युझन पर्ने तिमि त चिर निद्राको अभिनय गर्छौ भने
म त
बन्दिगृह मा "तिम्रा विचार "द्वारा कैदी
ब्युझुलार ?
(तिमि पनि उस्तै उस्तै म जस्तै .... स्वतन्त्रता,विचार  सुम्पी  ,तोड्ने हिम्मत नहुदा बनेका कैदी  ,कैदी बन्न मन्जुरीमा टाउको हल्लाउने कैदी )
.......................................................

तिमि आफै ब्युझे कति जाति हुन्थ्यो....
तर ,
न ब्युझिन्छौ तिमि
न ब्युझिन्छु म
किनकि "म मुर्ति हु" ....
तिमि "तथाकथित सर्वश्रेष्ठ"को खोल ओढ़या "अर्को मुर्ति" ।
(म बरु पुजिन्छु(?),
तिमि पुजिन चाहन्छौ)
.................................
बजाउ घन्टी,
जति बजे पनि/बजाए पनि  चिर निद्रा तोडिदैन,
त्यसैले ,
बजाउ नडराई बजाउ.....................।




Thursday, November 2, 2017

.....सादा .......सादा : ("रंगिन सादा "(?)......)



   
    .......... सादा .......सादा :  ( "रंगिन सादा "(?)......)

    *******************************************

  उडिरहेका/चरिरहेका .....
(बच्चालाई चारो खुवाइरहेका ,अण्डा छोपिरहेका यस्तै यस्तै यत्र तत्र घुमिरहेका ,घुरघुराउदै जोडी गोलाकार घुमिरहेका .......................यस्तै यस्तै )
परेवाका सेता जोडीहरु ,
झरना झर्झराउदै झर्दा उडेका सेता "बाफ "हरु..
र ,
यस्तै थुप्रै "सादा"हरु
आफूभित्र "इन्द्रेणी " बोकेर हिड्ने
सादा ,सादा...!

सधै  साथ साथ
इन्द्रेणी बोकी हिड्ने सादा हरु ....
सादालाइ जसो चाह्यो उसै रंगाउन मिल्यो
रंगिन रंगाउदा कुरूप देखिन्छ ।
 इन्द्रेणी बोकी हिड्ने सादा हरु...
इन्द्रेणीका सात मिसाउदा सेतो बन्दिने
बिचित्र "रंगिन"(?) सादा सादा हरु .......!

त्यसैले ,
जुन चाह्यो उसैमा रंग्याउन मिल्ने
"खल्तीमा" इन्द्रेणी बोकी हिडेका सादा हरु.....
.....सुर्यको प्रकाश,किरण( ?) जस्तै सादा ।
सात रंग बोकीहिड्नुको सादा
त्यसैले सादा सादा नै गज्जब लाग्छ
सात रंगिन इन्द्रेणीका  रंग मिसिदा बनेको सादा ।


("सेतो रंगको मात्र कुरा" हैन...........इन्द्रेणी बोकी हिड्ने सम्पूर्ण सादा....कस्तो  मिठो अनौठो धेरै धेरै रंग बोकिहिड्दा भइने सादा)





Monday, October 30, 2017

फोटो : "फगत ,तथाकथित प्रमाण" !




         
                फोटो :  "फगत ,तथाकथित प्रमाण" !
****************************************


खल्ती भरि गट्टा /गुच्छाले
लत्रिएको कट्टु सम्हाल्दै कुदेका पलहरुको फोटो कैद छ ?
 झिर्लिक्क झुल्किएका-
इन्द्रेणी हेर्दै कुदेका पल हरुका
फोटोमा कैद छन् ?
 ति  त कैद छन मस्तिस्कमा
नखुइलिने,नमेटीने गरि स्पस्ट ।
तथाकथित फोटो त बहाना
र
प्रदर्शन प्रदर्शीत साधन हैन र ?
प्रमाणहरु लागि !
जहा फगत झुट ( ?) ,
प्रदर्शनको भुत सवार (?) भइदिन्छ
त्यहा "प्रमाणको फोटा कैद भैदिन्छ" !

बृद्द हजुरबा/हजुरआमाका काखमा लटपटिएर
सुनेका लोक कथाका पलहरु
फोटोमा कैद छन ?
[केहि कैद फोटोहरुले ति स्मृतिको अलिअलि नोस्टाल्जिया बाहेक स्मृतिमा कैद मिठा पलको सन्तुस्टी देला र ?
र त्यो सम्भब होलार? ]
प्रेम गर्नेहरुका खुशीका,
चित्त दुखाइका पल,
अनि ति पलमा तप्केका
हासो [हासो पनि तप्काइमै मापन गरिदिउ खुशीमा तप्किने आशु जस्तै ,
र चित्त दुखाइमा छल्किने चित्त दुखाइ जस्तै ]
प्रिय मान्छेहरुका चित्त दुखाइहरुका पल
र
चित्त बुझाइका पलका
स्मृति फोटोमा कैद सम्भब होलार ?
आध्यात्मिक गल्लिहरुका भौताराइहरु  [भौतारिनु केहि भेट्न ,खोज्न ,प्यास मेट्न यस्तै यस्तै त्यो भौताराइ आध्यात्मिक गल्लिसंगै भौतिक गल्लीको समायोजनात्मक गल्लि हुन पनि सक्छ ]
मस्तिस्क बाहेक अन्त कतै कैद होलार ?
प्रिय मान्छे हरुको  [त्यहा प्रिय मान्छे बाहेक अन्य अप्रिय हरु साथै /जीव हुन पनि सक्छन ...... ]
संगका जम्का भेट [हरुका पलहरु ]
फोटा कैद...[भैहाल्यो भने ]
दर्फराउने गरि कोर्या मस्तिस्क कैदलाइ
देखि नलजाउला र ?

 प्रिय मान्छे हरुका (?).......
जलिरहेको शव [शव मात्र नजली सम्पूर्ण सपना ,आकांक्षा ,भरोशाहरु र स्मृति हरु ,कैद स्वतन्त्रताहरु मुक्त हुदै शव संगै जल्दैका ]
 हेरी टोल्याउदै ,
 अब्यबस्थित उडेको धुवामा
बनाएका ब्यबस्थित अस्थाई
आकृतिको फोटो कैद सम्भब होलार ?
अन्तर मनमा गुम्सिएका
अव्यक्त [ ब्यक्त्त गर्न अपुग शब्दहरुका चंगुलले ]
यस्तै धेरै धेरै...
 अन्तरमनका भाबको
फोटो सम्भब होलार?
रमणीयताको /यस्तै यस्तै अन्यताको..
 "  तथाकथित फोटो खिचाईले"
सम्पूर्णता फोटोमै कैद हुने भ्रममा
रमणीयताबाट/यस्तै यस्तै अन्यताबाट बिमुखताले(?)
 [मात्र फोटोमा ,फोटो खिचाइमा मग्नताले पूर्ति गर्लार ?
आखाको खिचाई मस्तिस्कको फाइलमा "क्लिक"  प्राकृतिक "क्लिकता लाइ  "?]
कतिन्जेल थेग्ला मजाको झंझंनाहट ?
यस्तै थुप्रै पल हरु....[टुडाल हेर्दै "डेटका" पल {त्यो डेट प्रेमिका /प्रेमीको मात्र हुन्छ भन्ने छैन ,नहुन पनि सक्छ}खोला किनार ,घाटहरुका यात्राहरुका पलका मिठास ,भडास सबै सबै  फोटोमा कैद होलान र ?]
 फोटो त तथाकथित  बहाना हुन,
प्रमाण[यस्तै अन्य अन्य ... "केहिता" का ]
प्रदर्शन दम्भताका .............
या यस्तै यस्तै ...
मात्र ! फगत "प्रदर्शित साधन" ! ।


[नोट-फोटो /फोटो खिचाईको बिरोध पटक्कै हैन !र यसरि नबुझियोस पनि ।
फोटो खिचाई/फोटोको महत्व आफ्नो ठाउमा बडो सानदार ,सुन्दर छ ! ...
यो मात्र हो "तथाकथित  फोटो /फोटो खिचाई /फोटोमै सम्पूर्णता खोज्दैका " र यस्तै यस्तै केहि ..ता हरु प्रतिको भडास अझै भनु "तथाकथित भडास" मात्र तथाकथित भाडास ]

 ©siudileep 




बिघटित मोहमा उत्सब(?) (एक अपिल.... नबोदिता संग ...........)

 

          बिघटित मोहमा  उत्सब(?)
      (एक अपिल.... नबोदिता संग ...........)
**********************************

प्रिय नबोदिता, (यो सौहार्दपूर्ण सम्बोधन मात्र हो ! अन्य केहि हैन,छैन :) )
एक रात(?),
एकाध घण्टा/मिनेटमा(समयमा "प्रेम" तौलेर तौलिदै .....)
"बस्ने र,छुट्ने"
तथाकथित "प्रेम"हरु....का 
छुटाईमा 
रोइलो किन ?
उत्सब मनाउ नबोदिता,
उत्सब।
"मोहहरु"लाइ प्रेमका परिभाषाले
परिभाषित गर्दैका "तथाकथित तिम्रा प्रेमहरु"
 (नकी  प्रेम..प्रेम न बस्छ न छुट्छ न त परिभाषित नै हुन्छ अन्तरमनका अभिब्यक्त  नहुने स्वस्छ भाबहरु बस्ने,छुट्ने मर्ने हुन सम्भब छ र ?)
छुटेकै गज्जब .........।
आउ नबोदिता,
आउ 
हो !मज्जाले 
उत्सब मनाउ........
"तथाकथित मोहका"बिघटनहरुमा ।
नबोदिता.........
हो  !
उत्सब मनाऔ....उत्सब ।।


      - siudileep
कार्तिक ५ /२०७४


भागदौड

 किन भरीरहेछन्  अञ्जली-अञ्जली,  मुठ्ठी-मुठ्ठी  बालुवा ।  र दौडिरहेछन् जोडजोडले  च्याप्दै अञ्जली, जोडजोडले  कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...