Sunday, April 2, 2017

अचानो ,खुकुरी र काट्यपदार्थ




                  अचानो,खुकुरी र काट्यपदार्थ
**************************************




सधै  …" तिमी" खुकुरी,
"म "अचानो !
अनि मेरा बिचार,चाहाना,आकाङ्क्षा र अधिकारहरु………चै काट्य पदार्थ !
काटिरह्यौ काटिरह्यौ ……………निरन्तर !
अचानो धुजा धुजा, टुक्रा टुक्रा हुन्जेल
र काट्य पदार्थ "किमा/किमा"हुन्जेल !

…………………………………………………………………………………………………
"काट्यपदार्थ" नकाटिदा पनि
र ,अचानोको ट्वाक/ट्वाक आवाज आउदा समेत
बरु खुकुरिको धार चम्कायौ ।
 खुकुरी नै खिया लाग्दा समेत
खिकुरी फेरिरह्यौ ! तर,
अह सुन्दै सुनेनौ  -अचानोको "ट्वाक ट्वाक",
अनि  देखेनौ,महसुस गरेनौ-काट्यपदार्थको चाम्रो पना ! …………

तर
कहिले काहीँ ……
चाम्रो पदार्थ नकाटिदा………………
अचानोको ट्वाक/ट्वाक सङ्गै,
  टुक्रिएका ससाना टुक्राहरु समेत
र खुकुरी उल्टै आफै तिर
 फर्किन्छ भन्ने चै था छ कि छैन ?


©Siudileep

No comments:

Post a Comment

भागदौड

 किन भरीरहेछन्  अञ्जली-अञ्जली,  मुठ्ठी-मुठ्ठी  बालुवा ।  र दौडिरहेछन् जोडजोडले  च्याप्दै अञ्जली, जोडजोडले  कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...