Saturday, April 22, 2017

अस्विकार्य अस्थित्व ……



अस्विकार्य अस्थित्व……
*********************



सपना,इक्षा,बर्तमान,भविष्यहरु..
सोचाइ र सम्पूर्ण बिचारहरु...
असरल्लै "भुइमै"बिस्कुन सुकाएझैँ सुकाउन मिल्ने भे ?
 सुकाउन हुन्थ्यो मज्जैले!
तर मिल्नु नमिल्नु"अर्कै"कुरा
  दिनहु परेवाले टिप्ने "चारो" भै
 "बिस्कुन"परेवाले नै टिप्छन भन्ने के छ ?
 यत्र तत्र
बिस्कुन मात्रै नभै
 परेवा नै टिप्दिने"काग"हरुको बथान बढ्दो छ...
 बिस्कुन खान ओर्लेका परेवा
 र सुकाईएको" बिस्कुन"  मात्रै नकुरी
निष्फिक्री,
 दिवाल भित्रै छिरी,
 बिस्कुनकै"भकारी"पल्टाई ,च्यात्ने
अनि
 परेवाकै गुडमै पुगि परेवाकै अस्थित्व नस्ट गर्ने ....!!




©Siudileep

No comments:

Post a Comment

भागदौड

 किन भरीरहेछन्  अञ्जली-अञ्जली,  मुठ्ठी-मुठ्ठी  बालुवा ।  र दौडिरहेछन् जोडजोडले  च्याप्दै अञ्जली, जोडजोडले  कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...