Friday, April 28, 2017

बिकल्प




बिकल्प
*************


सुर्तीको अम्मलीलाई
सुर्ती मिच्ने बुढी औठा काटिदिइ
गजब गरे भन्छौ मित्र?
अरु औला नि?…
ल !सबै औला १/१ गरि,
मिच्नै नमिल्ने गरि काट्दियौ रे
र ,
हत्केलै समेत !
तर,
तर मित्र ,
बजारमा नमिची खान मिल्ने,
तयारी सुर्ती पनि बिकल्प छ नि ? :))
………………………………………………………

तयारी सुर्ती बारे के सोचेका छौ ?
तयारी सुर्ती कसैगरी रोकौला,
बन्देज लगाइदेउला खान ।
तर,
तर नबिर्स है !
मनग्य" काचोपात"
सर्बत्र पाइन्छ  नि !…………………

(नोट:सुर्ती, मित्र चरित्र,प्रबित्ती पनि हुन सक्छ्न ! र हुन्  पनि । अनि नहुन पनि सक्छ्न !र हैनन्  पनि ।
 यी यस्ता अभागि चै हुन सक्छ्न अरुको ठाउँ ओगटेर "सुर्ती र मित्र "को रुपमा यो बर्बराहटमा उपस्थिति जनाउने आइपुगेका  :)) )

©siudileep

No comments:

Post a Comment

भागदौड

 किन भरीरहेछन्  अञ्जली-अञ्जली,  मुठ्ठी-मुठ्ठी  बालुवा ।  र दौडिरहेछन् जोडजोडले  च्याप्दै अञ्जली, जोडजोडले  कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...