Monday, June 26, 2017
"दक्षप्रजापति "र उसको टाउको(!)अस्लिल (अ)समानता !
"दक्षप्रजापति " र टाउको( !)अस्लिल (अ)समानता !
*******************************************
हो !
मिलाउनु ,मिल्नु ,मिलाउने प्रयास गर्नु
राम्रो कुरा हो,
राम्रो भन्दा अझै
धेरै राम्रो कुरा हो ।
तर ...
"दक्षप्रजापतिको शिर "टाइपको
मिलाई खास अर्थ छ र ?
दुवै पक्षमा केहि समानता/असमानतामा
समायोजन,
अर्थात सहिष्णुता(?)
स्वीकार्य बिनाको ? ! ।
झन् कुरुपता,
असहिष्णुता,
दुर्गन्धता,
मात्र थप्नु भन्दा
आ-आफ्नै बिशेषता सहित
आफू "आफू" हुनु गजब हैन र ? !
-siudileep
...
Thursday, June 22, 2017
( रुखसङ्गको )मिलन (फूलको) बर्बराहट …:)
फोटो कथा ! (फूल र रुख ),
एक बर्बराहट ! (फूलको) :)
(फोटो:स्कृप्ट पीदुस ।।) ****************************************
उ अलिकती निहुरियो !
म अलिकती ठडिए!!
हाम्रो मिठो स्पर्श,मिलन देखि,…
°
°
°,
…………………………………………………… °
°,
……………………………………,
लजायो आकाश !
निकाल्यो घुम्टो !!
बेर्यो आफुलाइ,
र ,
ओढाइदियो
सङ्गै लजाइरहेको
सुर्यलाई पनि मज्जैले !!…………
°
°
°,
…………………………………………… ।
……… !
©Siudileep
२०७४/जेठ।
राती १बजे !
Tuesday, June 13, 2017
"ऐजेरु..."
Monday, June 12, 2017
शब्दका हत्यारा
शब्दका "हत्यारा"
***************
तर्कको लागि"तर्क"(?)..!
कुतर्कको लागि"कुतर्क"(?)...!
...........................................
संसारकै सबैभन्दा -
हिंस्रक,खतरनाक"तत्व"म/हामी
शब्दहरुको निर्मम अत्याचारी …! ।
.............................
बहस,छलफलका
"तार्किक" शब्द पो स्लिल...
अन्य
अस्लिल.......।
त्यसैले हामि/म
शब्दका हत्यारा, अत्याचारी .......
siudileep
चैत्र /२०७३
Saturday, June 10, 2017
सिलिंङ्मा "जिन्दगि"
सिलिंङमा "जिन्दगि"
*****************
हो!
माउसुली,माकुरा जस्तै...
कति कति ..
सिलिङ्गमा झुन्डीएका -
विचार,भाबना,
कल्पना,
स्वतन्त्रता,
इक्षा,आकङ्क्षाहरु .................... ,
अनि,
"प्राण"रहित...................................................................(?)!
र,"प्राण" सहितका "केहि" संगै - सिंगै
जिबनहरु(?).......समेत ।
-siudileep
२०७३/मङ्सिर
Friday, June 9, 2017
प्रज्वलित" चकमन्नता"
प्रज्वलित" चकमन्नता"
****************
प्रकाश,ज्योति...
टाढा,धेरै टाढा
तर, चम्किलो,
अत्ति चम्किलो!..
प्रज्वलित...लगातार....लगातार..
अनेकतामा"सम्पूर्णता"!
मात्र उर्जा,प्रकाश!
अहो।
निशब्द,
र
निस्वाश(?),
चकमन्नता(?) (निस्वाश झैँ तर ,निस्वाश जस्तै !चकमन्नता प्रगाढ चकमन्नता मिठो चकमन्नता प्रज्वलित चकमान्नता ! (?) )
तरंगित !..
मौन .....
मात्र प्रकाश
उर्जा................
ज्योति
अहो !!!
अहो !!
siudileep
जेठ/२०७४
Wednesday, June 7, 2017
लहरहरु अदृस्य (?) दृश्य(?) छाया (?) ।
लहरहरु अदृस्य (?) दृश्य( ?) छाया(? )।
*************
केही- स्पर्श,
चुम्बन,
भावना,
समर्पण,
र
हेराइ,
हो,केही हेराइ ! (हेराइहरु फरक फरक हुन्छ्न)
अनि यस्तै यस्तै……
दुर्गम(?)अनन्त यात्रा
हो ,यात्रा!
अनि
माया !!
न मष्तिस्क ,न मुटु (मस्तिष्क मुटु बिना यी सबै कुरा?)
हो
न केही न केही बिना
सबै कुरा !!(मुटु ,मस्तिष्क भन्दा माथि( ?) )
............................................................
शुन्यतामा !
शुन्य !!!!!
केवल
शुन्यतामा !
शुन्य!!!!!!
.................................................
निस्फिक्री तैरिरहने लहरहरुका खोजी ………
निरन्तर ! निरन्तर ………………………
बेप्रबाह बेलगाम.बेठेगानतर ,
गन्तब्य दुर्गम
अनि
मिठो झोक्का !
सित,लहर हरु ,र यस्तै प्रकाशहरु ।.................
#siudileep
बैशाख/२०७३
Monday, June 5, 2017
जिन्न्दगी जस्तै चप्पल/जुत्ता , - चप्पल /जुत्ता जस्तै जिन्दगी ……!
जिन्न्दगी जस्तै चप्पल/जुत्ता
चप्पल /जुत्ता जस्तै जिन्दगी ……!
*************
कहिलेकाही,
दौड्न/हिड्न साथ दिने जुत्ता/चप्पल,
यात्रा बिचमै च्यातिएर सहरा भैदिनुको सट्टा "घाँडो"
भैदिएपछि !
न "फ्याक्नु न बोक्नु " का जस्तै केही
सम्बन्ध,
बिचार,
सपना,
योजनाहरु,
अनि अरु अरु धेरै अरु "हरु"………!
र, "जि ~~न् नकि (?) जिन्नकी,जिन्दगी "नै यस्तै यस्तै र
यात्रा`रत यात्रु बाँकि "जिन्दगी"……………(?)
पनि,दुरुस्तै त्यही चप्पल/जुत्ता जस्तै ।
©siudileep
राती१०बजे ।
जेठ/२०७४ ।
Subscribe to:
Comments (Atom)
भागदौड
किन भरीरहेछन् अञ्जली-अञ्जली, मुठ्ठी-मुठ्ठी बालुवा । र दौडिरहेछन् जोडजोडले च्याप्दै अञ्जली, जोडजोडले कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...
-
किन भरीरहेछन् अञ्जली-अञ्जली, मुठ्ठी-मुठ्ठी बालुवा । र दौडिरहेछन् जोडजोडले च्याप्दै अञ्जली, जोडजोडले कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...
-
ऐठन …………………………………………… कहिले काहीँ सपनाका कुरा गरम । अनुहार भरी मुज्जाले भरिएकी दुब्ली बृद्दा छेउमै सुतेको सानो ख्याउटे नातिक...
-
बुद्द,परेवा र एक थान सपना --------------------------- रगत लतपतिएको कुरुप बुद्दको मुर्ति देखाउदै, हड्बडाउदै भाइ चिच्यायो...








