Sunday, November 4, 2018
काँडा फूल हामी
काँडासंग गुनासो किन ? फूलहरु,
काँडाहरुकै बिचमा शालीन मुस्कुराईराछन त । काँडा, बिझाउने भए , फूललाइ बिझाउथे !
[र , फूलहरु फुल्दैनथे .......]
Wednesday, October 10, 2018
बदलाब
बदलाब
***************
पानी ,
चुपचाप चुपचाप
आकार बल्दन तयार ..........
रापहरुमा बाफीइ उड्न
र, चिस्यानहरुमा चिसीइ जम्न समेत !
प्रिय नबोदिता !
चुपचाप चुपचाप
बदलिन तैयार आकारहरुको
स्थायित्व, पनि त हुदैन (?) !
अस्थायित्व,
सधै सुन्दर हुन्छ भन्ने के छ ?
स्थायित्व, भन्दा
असुन्दर भै दियो भने ??...
***************
पानी ,
चुपचाप चुपचाप
आकार बल्दन तयार ..........
रापहरुमा बाफीइ उड्न
र, चिस्यानहरुमा चिसीइ जम्न समेत !
प्रिय नबोदिता !
चुपचाप चुपचाप
बदलिन तैयार आकारहरुको
स्थायित्व, पनि त हुदैन (?) !
अस्थायित्व,
सधै सुन्दर हुन्छ भन्ने के छ ?
स्थायित्व, भन्दा
असुन्दर भै दियो भने ??...
प्रिय 'भिडहरु'
धरातल
धरातल
************
बाफिएर उड्दै ,
बनेपनि 'बादल' छोडेर 'धरातल' !
आखिर ,
बर्षिनै पर्छ केरे !
["आपसमै ठोक्किएरै" ]
'यथार्थतामा ' ।
Sunday, July 22, 2018
धरातल
धरातल
***********
लात सहदै चढायो टापुमा र , हेर्यो उसको प्रफुल्लता.. चुपचाप चुपचाप, ! पुन: प्रतीक्षामा उसकै लातको .....! उसको अहमता बचाई सुरक्षित अबतरण गराउनु छदै छ आफु बिर्साई ,/ बिर्सी ! [किनकि , अहमता बचाइदिनु छ उसको....अन्यको...! बन्नुछ- "फगत भुलिएको/ बिर्सिएको सिढी"] धरातल को सम्झियोस? ।
***********
लात सहदै चढायो टापुमा र , हेर्यो उसको प्रफुल्लता.. चुपचाप चुपचाप, ! पुन: प्रतीक्षामा उसकै लातको .....! उसको अहमता बचाई सुरक्षित अबतरण गराउनु छदै छ आफु बिर्साई ,/ बिर्सी ! [किनकि , अहमता बचाइदिनु छ उसको....अन्यको...! बन्नुछ- "फगत भुलिएको/ बिर्सिएको सिढी"] धरातल को सम्झियोस? ।
शोषक र शोषित
शोषक र शोषित
***************
मैनबत्ति शोषित हो…… "म " शोषक ! आफ्नो "तथाकथित जन्मोत्सवको" नाममा उज्योलो छर्ने साधनको नाजायज हत्यारा ……… ! गड्डगडाहट तालीसंगैका श्वासहरुबाट [क्यान्डल दीप ] निभाइहरु………।
***************
मैनबत्ति शोषित हो…… "म " शोषक ! आफ्नो "तथाकथित जन्मोत्सवको" नाममा उज्योलो छर्ने साधनको नाजायज हत्यारा ……… ! गड्डगडाहट तालीसंगैका श्वासहरुबाट [क्यान्डल दीप ] निभाइहरु………।
Tuesday, July 17, 2018
सलाई , सम्बन्ध , जिन्दगी र अन्य....(?)
Sunday, July 15, 2018
म
म
********
पुलखोला पार गर्नको लागि थ्यो !खोलापार गर्दा नगर्दै ,
पुलकै डन्डी काटि
पुलपारिको उकालो चढ्न सहज
सोचाइमालठ्ठी बनाएपछि ,
[समस्या सुरु भा हो ] !
अन्यको सुबिधाको लागि सोच्नु त परैको कुराआफ्नै फर्काइ सहजसम्म पनि दृष्टि समेत पनि परको कुरा
[ सधै, यात्रा जानु मात्र
(पनि त हैन )
नभई
फर्कनु पनि त हो !जानू जत्तिकैफर्काइहरु महत्वपुर्ण पनि त हुन्छ्न ! कहिलेकाही झन बेसि महत्त्वपूर्ण समेत ]
आफ्नै तत्कालकै……अस्थित्व ,धरातल जोखिममा समेत त नसोचि ..... ।
["म" मै अन्य अन्य हरुको त प~~~~र को कुरा"स्व" कै निमोठाइ सधै ……… । ]
********
पुलखोला पार गर्नको लागि थ्यो !खोलापार गर्दा नगर्दै ,
पुलकै डन्डी काटि
पुलपारिको उकालो चढ्न सहज
सोचाइमालठ्ठी बनाएपछि ,
[समस्या सुरु भा हो ] !
अन्यको सुबिधाको लागि सोच्नु त परैको कुराआफ्नै फर्काइ सहजसम्म पनि दृष्टि समेत पनि परको कुरा
[ सधै, यात्रा जानु मात्र
(पनि त हैन )
नभई
फर्कनु पनि त हो !जानू जत्तिकैफर्काइहरु महत्वपुर्ण पनि त हुन्छ्न ! कहिलेकाही झन बेसि महत्त्वपूर्ण समेत ]
आफ्नै तत्कालकै……अस्थित्व ,धरातल जोखिममा समेत त नसोचि ..... ।
["म" मै अन्य अन्य हरुको त प~~~~र को कुरा"स्व" कै निमोठाइ सधै ……… । ]
Tuesday, June 12, 2018
"अहम / , म "
![]() |
| फोटो :- Google |
"अहम / ,
म "
**********************
म "
**********************
सूर्यलाई
जत्तिनै बाक्लो गरि
अध्यारो हुने गरि छेकेपनि
आखिर झरेर
बग्नै पर्छ क्यारे.......!
अनि फेरी तापले बाफिनु
उड्नु
फेरी झर्नु
बग्नु
जम्नु .....
उड्नु
झर्नु
बग्नु
जम्नु
फेरी उड्नुका ....
चक्रहरु दोहोर्याई रहन पर्छ केरे ......
"बादल" जतिनै शितल भएनी
बाफिनै पर्छ केरे..
जत्तिनै बाक्लो गरि
अध्यारो हुने गरि छेकेपनि
आखिर झरेर
बग्नै पर्छ क्यारे.......!
अनि फेरी तापले बाफिनु
उड्नु
फेरी झर्नु
बग्नु
जम्नु .....
उड्नु
झर्नु
बग्नु
जम्नु
फेरी उड्नुका ....
चक्रहरु दोहोर्याई रहन पर्छ केरे ......
"बादल" जतिनै शितल भएनी
बाफिनै पर्छ केरे..
[र ,पनि
"मै हु" छुट्न /छुटाउनु सबैभन्दा
गाह्रो ] ।
----------------------------
"मै हु" छुट्न /छुटाउनु सबैभन्दा
गाह्रो ] ।
----------------------------
तपाइँ मान्नुस
या नमान्नुस .......
या नमान्नुस .......
फूल टिप्नु
तपाइलाई फूल मन पर्नु /,
फूललाइ प्रेम गर्नु हैन,
[हुदै हैन] (?) !
तपाइलाई फूल मन पर्नु /,
फूललाइ प्रेम गर्नु हैन,
[हुदै हैन] (?) !
"उन्मुक्ततालाइ"
"पिंजडा कैद"
"प्रेम" [मन पराइ ] नभई ,
[फूल प्रतिको] "इर्ष्या".........हो (? ) ! ।
"पिंजडा कैद"
"प्रेम" [मन पराइ ] नभई ,
[फूल प्रतिको] "इर्ष्या".........हो (? ) ! ।
© Siudileep
Tuesday, May 29, 2018
फूल" , "हामी" र हाम्रा स्वार्थ !
"फूल" , "हामी" र हाम्रा स्वार्थ !
*******************************
फूलको"धर्म" "फूल्नु र सुन्दर देखिनु"
मात्र हैन "झर्नु" पनि हो ! निर्मोही हातहरुको [जसले फूलको हत्या गर्छन] मात्र बन्धन
पनि त हैन फूल आफ्नो खुशी झर्नु र [फूल फूलाउने बोटकै]
सामिप्यतामा बिलिन हुनु पनि त हो !
हातका स्पर्श / सामिप्यता [हत्यारा] संग [पो त ] कति तर्सदो हो
डराउदो हो फूल ! न कि झरेरै पनि बोटसंगको.....
----------------------------
न तिम्रो स्वागतमा फुलेका हुन
फूल
न त उदाएको हो चन्द्रमा
[भ्रामक चन्द्रमा-, भ्रम मनपर्छ हाम्लाई न चन्द्र उदाउछ न डुब्छ] फगत आफ्नो धर्म निभाएका न हुन तर [आफ्नो तथाकथित खुशीको लागि] बिटुलाइदियौ र त न फूल
"फूल" रह्यो न चन्द्र
"चन्द्र" ! [फूल "माला" बन्यो चन्द्र तिम्रा तथाकथित
"सम्बोधनात्मक बिम्बहरु...."]
© siudileep
Wednesday, May 23, 2018
सत्य (?) [स्वतन्त्रता ] छाडी भ्रामक स्वतन्त्रता (?) तिर ....
सत्य [स्वतन्त्रता ]छाडी -भ्रामक स्वतन्त्रता तिर ...
*****************************************
रुख संग सामिप्यता तोडी "स्वतन्त्रता" को भ्रम उड्दा उड्दै अनकन्टार खोचमा झरेपछि [पातलाई ] स्वतन्त्रता /सामिप्यता /आत्मियता छोडी जन्जिरता संगै बिलिनता पो हो रहेछ को बोध हुने भए? किन छुट्थ्यो होला र रुख बाट[ पात ]? [आफु चिन्नु पो बोध! आफु [बोध] कै खोजि मा सकिने पात जस्तै जिन्दकी ]
[२ टुक्रा ] रित्ताई/रित्तिनु
[ २ टुक्रा ] रित्ताइ /रित्तिनु
*********************
[कहिले काही ] "रित्तिनु" ...... "सकिनु/ सिद्दिनु" नभै [नहुन सक्छ /हुदै हैन ] फेरी भरिनु अघिको खालीपन पनि त हुन सक्छ ! [पुरानो पछी ,नौलो फेराइ अघिको विश्रान्ति ]......! [रुखले पात फेर्नु जस्तै ..........को रित्तिनु नकी सिद्दिनु ।]
----------------------
मुक्त हुनुछ "सयौ" [बेढंगी] रंगबाट... हुनुछ "खालिखालि" रंगहिन... (रंगहिन हुनु बेरंगी हुनु [मात्रै पनि त] हैन ) आफुले चाहे जस्तो रंगले रङ्गीन, सादा हुनु [पनि त ] हो। [रंगिनु अघिको सादा पन/चाहे जस्तो रङ्गले रंगिनु अघिको तैयारी]... जस्तो - रुखमा नया पात पलाउनु अघिको खाली/ सादा ।
*********************
[कहिले काही ] "रित्तिनु" ...... "सकिनु/ सिद्दिनु" नभै [नहुन सक्छ /हुदै हैन ] फेरी भरिनु अघिको खालीपन पनि त हुन सक्छ ! [पुरानो पछी ,नौलो फेराइ अघिको विश्रान्ति ]......! [रुखले पात फेर्नु जस्तै ..........को रित्तिनु नकी सिद्दिनु ।]
----------------------
मुक्त हुनुछ "सयौ" [बेढंगी] रंगबाट... हुनुछ "खालिखालि" रंगहिन... (रंगहिन हुनु बेरंगी हुनु [मात्रै पनि त] हैन ) आफुले चाहे जस्तो रंगले रङ्गीन, सादा हुनु [पनि त ] हो। [रंगिनु अघिको सादा पन/चाहे जस्तो रङ्गले रंगिनु अघिको तैयारी]... जस्तो - रुखमा नया पात पलाउनु अघिको खाली/ सादा ।
"शव" चित्कार
"शव" चित्कार **** जलाएर सक्किएपछी आखिर फर्किने "उही दिनचर्या" हो ! त्यसैले [एकछिनलाइ मात्र एकछिनलाइ ] जीवन दर्सन सहितका अलाप बन्द गर नसुआउदो ताल नमिल्या "झुर एक्टिंग" मलाई बिरक्त्त लाइसक्यो...[तिम्रो छटपटी] जल्न त देउ मज्जाले... कति हतारो कमसेकम नबिथोली [नगिजोली] जल्न त देउ..।
उचाई
उचाई
*********
"एक्लै हुनु"
"एक्लिनु" [पनि त ] हैन !
[कहिलेकाही ,
"चौतारो "
बनी "शितल/बिश्राम" दिनु ]
र ,
भिड भन्दा पर
धेरै पर ....टाढा टाढाबाट....
धेरै टाढा टाढा
धेरै टाढा धेरै पर पर .....
र ,
परैबाट
प~~~~र को
भिड निर्धक्क नियाल्नु [पनि त ] हो ।

Tuesday, May 15, 2018
काँडाहरु ...

काँडाहरु
**************
प्रिय मित्र !
सिउड़ीको "काडा",
तिम्ला/हाम्ला हो,
भार [ ...जस्तो लाग्ने देख्दा]
न कि सिउडीलाइ !
अनि,
तिम्ला/हाम्ला हो बिझ्ने
न कि सिउडीलाइ !
"सिउडी" त बाच्ने आधार हो ["उसको काडा"]
[र
हो रक्षक...
अर्थात संरक्षक !
अनि ,
उसकै अभिन्न "अंग"]
--------------------------
फूलहरु "सुन्दर" हुन्छन.....
तर,
काडाहरु "झन् बढी सुन्दर हुन्छन" [ "फूल भन्दा सुन्दर" हुन्छन !]
सुन्दरताको रक्षक
कसरि असुन्दर [कुरूप ]हुन सक्छ ?..........
तर,
काडाहरु "झन् बढी सुन्दर हुन्छन" [ "फूल भन्दा सुन्दर" हुन्छन !]
सुन्दरताको रक्षक
कसरि असुन्दर [कुरूप ]हुन सक्छ ?..........
फूल पाहुना न हो
केहि समयको
फूल फुलाउनेहरुको [रुख/बोटको ]
साथ नछाड्ने त काडा पो त
फेरी पाहुना आगमनसम्म्मै !
र,कालान्तर.... सम्मै पनि
सुन्दरता फूलाउनेको साथ नछाडी
सुन्दरताको
र ,सुन्दरता फूलाउनेको रक्षक
"स्थायी" काडा,
अस्थायी "फूल" भन्दा
सुन्दर हुदैन र ?
केहि समयको
फूल फुलाउनेहरुको [रुख/बोटको ]
साथ नछाड्ने त काडा पो त
फेरी पाहुना आगमनसम्म्मै !
र,कालान्तर.... सम्मै पनि
सुन्दरता फूलाउनेको साथ नछाडी
सुन्दरताको
र ,सुन्दरता फूलाउनेको रक्षक
"स्थायी" काडा,
अस्थायी "फूल" भन्दा
सुन्दर हुदैन र ?
फूल र मुस्कान / बेअर्थी मिलन [ बेढंगी बर्बराहट आत्मालाप ]
फूल र मुस्कान /
बेअर्थी मिलन
[ बेढंगी बर्बराहट आत्मालाप ]
***********************
बेअर्थी मिलन
[ बेढंगी बर्बराहट आत्मालाप ]
***********************
"फूल मुस्कुराइरहेथ्यो" ......
मुस्कुराउन छोड्या त
तिम्रो हातमा परेपछि न हो
"तिमि मुस्कुराउदै"....
जब छुटाईदियौ साथ
बगैचा/काण्ड/पात/काडासंग !
र,
गुमाइदियौ उसको
निजित्व/आफ्नोत्व !
मुस्कुराउन छोड्या त
तिम्रो हातमा परेपछि न हो
"तिमि मुस्कुराउदै"....
जब छुटाईदियौ साथ
बगैचा/काण्ड/पात/काडासंग !
र,
गुमाइदियौ उसको
निजित्व/आफ्नोत्व !
अनि,
त्यसपछि
तिमि मुस्कुराएको छौ त ?,
ओइलाएपछि पनि फूल ?
आखिर केहि छिनमै
ओइलाउछ/ओइलायो फूल
त्यसपछि पनि बच्यो त
तिम्रो मुस्कान?...
न बच्छ/बच्यो
तिम्रो मुस्कान
न बच्छ/बच्यो
उस्को [फूलको] नै ....
बच्छ केवल "ओइलिएको"
फिक्का फिक्का
फिक्कापन ।
--------------------------------------------------
त्यसपछि
तिमि मुस्कुराएको छौ त ?,
ओइलाएपछि पनि फूल ?
आखिर केहि छिनमै
ओइलाउछ/ओइलायो फूल
त्यसपछि पनि बच्यो त
तिम्रो मुस्कान?...
न बच्छ/बच्यो
तिम्रो मुस्कान
न बच्छ/बच्यो
उस्को [फूलको] नै ....
बच्छ केवल "ओइलिएको"
फिक्का फिक्का
फिक्कापन ।
--------------------------------------------------
नभेटे पनि
एक अर्कालाई,
मुस्कुराइरकै छन फूल
फरक फरक बोट
फरक फरक हाँगामै ......
मुस्कुराउन छाड्या त
भेटेपछि हो
[भेटाइदिए पछि ]
यौटै मालामा .....................
एक अर्कालाई,
मुस्कुराइरकै छन फूल
फरक फरक बोट
फरक फरक हाँगामै ......
मुस्कुराउन छाड्या त
भेटेपछि हो
[भेटाइदिए पछि ]
यौटै मालामा .....................
[ मिलाएकै बखत देखि
ओइलाउन सुरु गर्या हुन् ]
ओइलाउन सुरु गर्या हुन् ]
© siudileep
[D-leep Gyawali ]
"तथाकथित भ्रामक मायाका" बन्दि फूलहरु
"तथाकथित भ्रामक मायाका" बन्दि फूलहरु
***********************************
***********************************
तिमि मान / या नमान ...
तिम्ले,
"फूल फुलाउनु" [बगैचा बनाउनु]
फूलको माया लागेर हैन
[मोहित भएर मात्र हो ]
[हत्या गर्न ] निमोठ्न हो !
"फूल फुलाउनु" [बगैचा बनाउनु]
फूलको माया लागेर हैन
[मोहित भएर मात्र हो ]
[हत्या गर्न ] निमोठ्न हो !
फूलको लागि"बगैचा [नै] चाहिन्छ,/ फूल फूलाएको"....
यी यस्ता यस्तै ...............
भ्रमहरुबाट मुक्त हौ मित्र !
किनकि,
जंगलमा आफै [पनि त ] "फूलिरहेछन" फूलहरु ।
जंगलमा आफै [पनि त ] "फूलिरहेछन" फूलहरु ।
फूलहरु,
तिम्रो "तथाकथित माया "
[बगैचा ] बिनै
झन बढी स्वतन्त्र छन
फुल्छन /फूलिरहेछन ।
तिम्रो "तथाकथित माया "
[बगैचा ] बिनै
झन बढी स्वतन्त्र छन
फुल्छन /फूलिरहेछन ।
Wednesday, April 25, 2018
बसाइसराइ
बसाइसराइ
********************
"समबेदना" अचेल क्रमश: क्रमश : बसाइ सर्दैछन /सरे मुटु बाट [मुटुबाट त धेरै भो सरेको ] ! ओठ , मन ,मस्तिस्क हुदै [यिनबाट पनि सरि सके ] "फगत परिभाषामा" ...[औपचारिकता ,शब्दहरुका प्रतिस्पर्धामा ] र , सरिरहेछन समबेदनाहरु "मानब बिहिन मानबतामा" अनि बिलाइरहेछ्न /बिलाउदा छन.. फटाफट ।[भाडभैलो खेल्दै छन फगत "औपचारिकता"हरु ]
Tuesday, April 24, 2018
स्वार्थ ! [कथा -शित,किरण र पात ]
बर्बराहट -- "भ्रम टु भ्रम" (?) [ "अभ्रम" ! ........]
बर्बराहट --
"भ्रम टु भ्रम" (?) [ "अभ्रम" ! ........]
**********************************************
"भ्रम टु भ्रम" (?) [ "अभ्रम" ! ........]
**********************************************
बाल्टिन लिगेरदुध दोइरहेको भ्रम छरिरहेछौ..
र,
दुध नदिएको भन्दै
पोसिरहेछौ
पोसिलो खाना !
दुध नदिएकोमा
सुमसुम्याई रहेछौ
लगातार...
र ,भनिरहेछौ
दुध दोइरहेछौ
आउन बाकि छ,
तिम्लाई राम्ररि था हुदाहुदै
[तिम्ले पगारिरहेको] "साढे" हो भन्ने !
छरिरहेछौ भ्रमको बिउ
र उब्जाइरहेछौ/गरिरहेछौ भ्रमका खेति ।
-------------------------------------------------
धेरै भ्रम....भ्रमका
भ्रमहरु जियौं-
घुमेर पुगिने त्यहि हो...
जहाबाट
"फन्को लगाई"हरु सुरु गर्यौं !
र,
घुमिरह्यौं ....
अनि पुगिरह्यौं
उही !
आउ अब अर्को भ्रम...
भ्रमका भ्रमहरु...[जोखिम हरु]
[लिऔं] जिऔं -
अनन्त [तिरका] ....!
भ्रमका भ्रमहरु...[जोखिम हरु]
[लिऔं] जिऔं -
अनन्त [तिरका] ....!
[दौडाइहरु .... /
यात्राहरु ...
गरौ.....]
यात्राहरु ...
गरौ.....]
बरु,
गन्तब्य नभेटिने गरि नै !
गन्तब्य नभेटिने गरि नै !
Tuesday, April 10, 2018
मुखुण्डो भित्रका अहम [अर्थात हामी]

मुखुण्डो भित्रका अहम !
[ अर्थात हामी मानव]
************************************
[ अर्थात हामी मानव]
************************************
प्रिय मित्र !
गोलो गरि बसेर
सबैको
"मुहार" देखेको
"भ्रममा",
[अहमतामा] .....
सबैको
"मुहार" देखेको
"भ्रममा",
[अहमतामा] .....
सुनन !
"आफ्नै मुहार " छुटेको [छुट्ने]
"सत्य"
चै पत्तो हुदैन है ?
"आफ्नै मुहार " छुटेको [छुट्ने]
"सत्य"
चै पत्तो हुदैन है ?
[अहमताका सामु "बिचरो सत्य" निम्छरो ! गुपचुप ] ।
-----------------------------------------------------------
-----------------------------------------------------------
भर्याङ्ग-
[उकालो ] चड्दा पनि चाहिन्छ ,
र
[ओरालो ] ओर्लदा पनि !
[उकालो ] चड्दा पनि चाहिन्छ ,
र
[ओरालो ] ओर्लदा पनि !
चढेपछि भर्याङ्ग बिर्सने
हामी
"सर्वश्रेष्ठ मानव" पो त !
हामी
"सर्वश्रेष्ठ मानव" पो त !
चढीसकेपछी ...
ओर्लदा
"हाम फालौला" का [अहमताका]
भिड !
ओर्लदा
"हाम फालौला" का [अहमताका]
भिड !
अगाडी बढाउनेलाइ .....
लात बजार्ने
"तथाकथित मानव"
पो त !
© siudileep
0७४/१०
लात बजार्ने
"तथाकथित मानव"
पो त !
© siudileep
0७४/१०
झुसिल किरा र पुतली
झुसिलकिरा र पुतली [इतिहास र अस्थित्व ]
****************************************
"झुसिलकिरा" "पुतली" बनि उड्दैमा झुसिलकिराको "अस्थित्व" पो सकियो ! तर "इतिहास"? प्रिय पुतली! अस्थित्वमा पो पुतली [झुसिलकिरा सकियो] इतिहास त झुसिलकिरा पो त! "अस्थित्व" नै "इतिहास"[इतिहास पनि पुतली] घुर्की/रगरग बडो "अस्लिल" लाग्छ! किनकि फगत"पुतलीको"भ्रममा "अस्थित्व" मा"झुसिलकिरा"।
****************************************
"झुसिलकिरा" "पुतली" बनि उड्दैमा झुसिलकिराको "अस्थित्व" पो सकियो ! तर "इतिहास"? प्रिय पुतली! अस्थित्वमा पो पुतली [झुसिलकिरा सकियो] इतिहास त झुसिलकिरा पो त! "अस्थित्व" नै "इतिहास"[इतिहास पनि पुतली] घुर्की/रगरग बडो "अस्लिल" लाग्छ! किनकि फगत"पुतलीको"भ्रममा "अस्थित्व" मा"झुसिलकिरा"।
Friday, February 16, 2018
असरल्ल समानता
असरल्ल समानता
**********************
बिहानै ... [ओइलाई झर्ने ]फूलहरु , फूलका पत्रपत्रमा टल्कने "शित" [पनि ]गज्जब हुन्छन नि...... मिठा "सपना"हरु झैँ !
यिनीहरुमा बहुत ठुलो समानता छ(?) - "केहि समयका पाहुना" । [ केहि दिनका फिरन्ते यायाबर ....
"जिन्दगि"हरु जस्तै जस्तै....... ]
Subscribe to:
Comments (Atom)
भागदौड
किन भरीरहेछन् अञ्जली-अञ्जली, मुठ्ठी-मुठ्ठी बालुवा । र दौडिरहेछन् जोडजोडले च्याप्दै अञ्जली, जोडजोडले कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...
-
किन भरीरहेछन् अञ्जली-अञ्जली, मुठ्ठी-मुठ्ठी बालुवा । र दौडिरहेछन् जोडजोडले च्याप्दै अञ्जली, जोडजोडले कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...
-
ऐठन …………………………………………… कहिले काहीँ सपनाका कुरा गरम । अनुहार भरी मुज्जाले भरिएकी दुब्ली बृद्दा छेउमै सुतेको सानो ख्याउटे नातिक...
-
बुद्द,परेवा र एक थान सपना --------------------------- रगत लतपतिएको कुरुप बुद्दको मुर्ति देखाउदै, हड्बडाउदै भाइ चिच्यायो...




