Thursday, March 30, 2017

कन्फ्युज ! कल्पना……यथार्थ…… पागलपना ।




कन्फ्युज !
             कल्पना………
                     यथार्थ…………

पागलपना ।
**********************


कहिले काहीँ " फिक्सन" दिमागले
"फिक्सन "नै फिक्सन सोच्छ!
अनि
फिक्सनै फिक्सन
दिमाग ,मन जताततै  भरिन्छ-
र लाग्छ
हामी बाचिराको जिन्नकी यथार्थ नभर ,
सबै काल्पनिक भ्रम,सपना भै !
झल्यास यथार्थ र बिपना अर्कै रैछ भने ?
हामी अर्कै यथार्थमा पुग्यौ भने !
उफ !!
साच्ची" फिक्सन"सोचाइ भयपनि
यथार्थ यस्तै भए !!
ओहो ……………………


©siudileep

गन्थन :)




गन्थन :)
******************

उ-तिमी किन बोल्दैनौ ?
म-मनको कुरा बुझेपछी बोल्नै पर्छ ?
उ-खै तिमी अचेल बदलिए जस्तो लाग्छ ?
म-समयसङ्गै तन,मन मानिस बदलिदो रछै !म कसरी अपबाद हुन सक्छु ?
उ-खै तिमी अचेल बद्लेछौ तिम्रो मायामा शंका लाग्छ?
म-शंका लाग्नु ठिकै हो ,अबिश्वास भए पो गार्हो !
उ-तिम्लाइ सब्बै भन्दा मन के पर्छ ?
म-च्या,तितेकरेला,किताब ! :)
उ-म चै मन पर्दिन ? गुरु,परिवार सबै सबै?
म - यी सबै सबै आत्मै देखि फिलगर्ने/मनपराउने कुरा हुन "माया"!बक्दै हिड्न झ्याउ लाग्छ !! :((

©siudileep

टिपिने गुलाफ फूल र झर्ने सिमल फूल



टिपिने गुलाफ फूल र झर्ने सिमल फूल

*********************************

गुलाफको फूल बिछट्टै मन पराउछौ तिमी
र त चुट्छौ/टिप्छौ !………
मलाइ खास "टिपिएको"गुलाफको फूलमा "मोह"छैन,
र त चुट्दिन/टिप्दिन!…
केवल बोटकै गुलाफ हेरेर मुस्कुराउछु,
मन नपराए पनि /नपरे पनि ।
अगाडि मुस्काउन त पाइयो नि?हैन!
मन पराउदैमा निमोठ्नै पर्छ भन्ने छ र ? :(
………………………………………………………………………
तर ,
सिमलको फूल बिछ्ट्टै मन पर्छ ।
"आफै झरेको बोटबाट"!
मन परेपछि झार्नै/चुट्नै पर्छ भन्ने छ र?………
झरेकैमा गज्जब "कोमलता" र आकर्षणता भएपछी ।



©siudileep


मौनता vs चिच्याहट



मौनता vs चिच्याहट
*****************

चिच्याउने /कोलाहल मच्चौने "सारौ "हरु बदनामि छ्न ,
तित्रो बास्यो भने सिकारिलाइ सजिलो!
तर ,
परेवाको मीठो, घुर्घुरता अनि शालिनतामा -"शान्ती"!
आखिर;
मौनतामै सम्पुर्णता भेट्नेहरु पनि छन नि है !

………………………………………………………………

 रित्तो भाडो रैछ ,धेरै खङ्ग्राङ्ग खुङ्ग्रुङ्ग गर्ने !
अ साच्ची क्यारे !
हामी त ,
सारौ,तित्रो,रित्तो गाग्रो न हौं ……………
किनकी हामी सर्वश्रेष्ठ मानव पो त ।



©siudileep

Wednesday, March 29, 2017

अब्यबस्थित/भद्रगोल टुक्राहरु :)


अब्यबस्थित/भद्रगोल टुक्राहरु :)


जलेको शव
अब्यबस्थित धुवा
उम्दा आकृती !!
………………………

मान्छेको भिड
निरास अनुहार
"मान्छे"कै खोजि!!
………………………………

भोकको लागि
कयौ सपनाहरु
खुला लिलामि !!!!
…………………………


©Siudileep

थानै थान सपनाका डोरी

थानै थान सपना का डोरी
******************

थुप्रै सपना ,सपनाको चाङ
अनि सपनाको भयानक डोरि
हो ,त्यही डोरि छोप्दै
स्कुल ,युनिभर्सिटीको कक्षा चहार्दै
अन्त्यमा प्राप्त गर्नु छ शिक्षित बेरोजगारको
ट्याग वाला मार्कसिट,सर्टिफीकेट !
………………………………………………………………
तिनै युनिभर्सिटीका खोस्टा हल्लाउदै
तिनै पूरा नहुने सपना र बीचमै टुट्ने डोरि छोप्दै
भौतारिनु छ सडक,गल्ली चौबाटा जता ततै !
…………………………………………………………………………
र अन्तिममा ,
भाग्य,कर्म धिक्कार्दै ती खोस्टा थन्क्याउदै ,
लाग्नु छ मानव बेचेर रेमिट्यान्स भित्राउदा मख्ख पर्ने मेरो देशको,
राहादानी बिभागको राहदानी बनाउने भिडको लाइनमा
र सजाउनु छ फेरि नया मथिङ्गल रिङ्गाउने सपना
अनि फेरि हिड्नु छ
तिनै सपनाको डोरि छोप्दै !!
खै सपनाको डोरि कती बलियो हुन्छ कुन्नी ?

©siudileep

Sunday, March 26, 2017

असहमति

असहमति
*****************

तिमी,
अ तिमी……

राममा  कुनै खोट,दोषै देख्दैनौ,
गुणै गुण ,असल मर्यादा मात्र देख्छौ !
तर,
 रावणमा कुनै गुण ,असल मर्यादा बिहिन
 दोषै दोष र खोटै खोट मात्र  देख्छौ !

म चाहि
अ म ………

रामका खोट,दोष
र,
रावणका गुण,असल मर्यादाका पनि  कुरा गरम भन्छु ।
त्यसैले त कुरा मिल्देन मित्र !
अ मित्र त्यसैले त कुरा मिल्देन !!!
………………………………………………
……………………………………………………
……………………………………………………………………
तिमी
अ तिमी ……

तितेकरेला तितो नहोस भन्ने चाहन्छौ !


म चाहिँ
अ म चै …

तितेकरेला तितै होस भन्न्छु !

तितै गुण खोज्छु ।
त्यसैले त कुरा मिल्देन मित्र !
अ मित्र त्यसैले त कुरा मिल्देन !!!


©siudileep

कोमा मा भगवान

 
कोमा मा भगवान
****************

मन्दिरको बाहिरपट्टि
सबैले देख्ने गरि
ठुला अक्षरमा कुदिएका कथित"दान"दाताहरु
क्रमस:
धेरै दिने  देखि थोरै दिने ………!
अझै थोरै दिनेहरु अट्ने कुरै भएन ।
हेरुन,पढुन सबैले"भगवान"भन्दा पहिले नै,
र गरून् श्रदा !
बिचरा"कोमा"मा कैदि"भगवान"
हेर्न,पुज्न त कोमामै पुग्न मुस्किल छ
धेरै नियम पालना गर्दै !!…
…………………………………………


©siudileep

Saturday, March 25, 2017

बलि

बलि
……………………

उसले मेरो भाषा बुझ्ने भए,
खुसुक्क उसलाई सुजाउथे -
आफ्नो मनोकांक्षा पुरा भाको "भ्रामक" उन्मादमा
"बुज्रुकले" बलि दिन तयार पारेका
अन्य आफूजस्तै निरियहरुको
गर्दन छिनिएको हेर्दै,
आफ्नो पालो कुर्दै थर्रर काप्दै,
टाउको हल्लाईरहेको निरीह पशुलाई !
"हे भगवान
ति "बुज्रुकको"आकांक्षा पुरा गरि
हामी निरियको बलि खानुभन्दा
हामि भन्दा राम्रो,,ठुलो,बुद्दिमान ,चेतानसिल भनौदो
उसकै बलि खाउ हुदैन भगवान?
र मलाइ/हामिलाइ बचाउ ,मेरो आकङ्कक्षापूरा गर ।
तिम्रो लागि,
आखिर ति र हामी मा के भिन्नता??"
तर,
न उसले मेरो भाषा बुज्छ
न भगवान"भनौदोले"उसको।
…………………………………
चेतनसिल ,सर्बश्रेश्रेष्ठ ,बिबेकी भनौदो मानव
र उस्ले बनाको अचेनशिल  "भगवान"
सायद :
अचेनशिल ,निरीहको दुर्दशा र बलि मै रमाउदो हो !


©siudileep

अहम …


अहम
***************

मेरो स्लिल,तिम्रो अस्लिल
तिम्रो अस्लिल,मेरो स्लिल
मेरो गजब,तिम्रो वाइयात
तिम्रो वाइयात,मेरो गजब!
त्यसैले तिम्लाइ म ठिस लाग्छु,मलाइ तिमी....
तिम्ला म,मलाइ तिमी ठिस लागेझै ,
एकलाई अर्को ठिस लाग्दो हो(?)
 र त ,"हामी "भन्दा "म"बढि हाबी भा !!………

अबिश्वास

अबिस्वास
*******************

कुनै दिन……
मस्तिष्क छरपस्ट भै,
आफूखुशी बिचार,कल्पना,सोचाइ सल्बलाउन,डौड्न थाले भने!
उफ!...
साच्ची के गर्दा हुन ?
कुहिने त कम्पोस्ट मल बन्लान!
नकुहिने चै ?
अनि मानव देखेर तर्सिने त तर्सेलान!
नतर्सिने चै ?
फेरि गुच्मुचिन ,थिचिन
उहीँ कोमा खोज्दा हुन कि ?
साच्चै के गर्दा हुन ?
साच्ची के ,के गर्दा हुन ?.......
फोडम खप्पर ? पारिदिम मस्तिष्क छरपस्ट?
सल्बलाउन दिम बिचारहरु !
तर...!!!!
फेरि ,डर लाग्छ ।
जर्ज गर्नेहरुको निस्पक्षततासंग , (
 को नै छ र निस्पक्ष ,स्वतन्त्र जर्ज गर्ने ?.......)

३टुक्रा बर्बराहट


३टुक्रा बर्बराहट
……………………………
(१टुक्रा)


सुपारिमा"सुपारी"
नौनीमा"नौनी"कै
गुण खोजम न!
नौनीमा"सुपारी"
सुपारीमा"नौनी"को
गुण खोजेपछि,
कुरा मिल्ला त मित्र?
कि एकोरो सहमतीमा टाउको हल्लाम?
******************************
(२टुक्रा)


लडौ मज्जैले"उ"भन्दा धेरै"बाठो"बनेर
अझै बाठो बनौ"उ"झन बाठो बन्छ!
अनि"कौवा"बनौ
र पालैपालो कौवाको"आहारा"खाऔ
कौवा बाठो भर"गु"खान्छ भन्छ्न मित्र!
**********************************
(३टुक्रा)


बर्बराहट
बर्बराहट
बर्बराहाट
बर्बराहाट
निरन्तर बर्बराहट,बेचैन…………

र्ब
रा
हा
ट…………………!!!!!
बे
चै
न……………………!!!!






क्लाउड, इल्युजन ,टुडाल

 क्लाउड , इल्युजन , टुडाल,
******************************

आकाश ………/विभिन्न आकृतीमा टुक्रिएका र बुर्कुसी'एका बादल !
आकाश ,बादल छाड
धर्ती खै ?
उफ!
 हिजो,आज,भोलि,भबिष्य  !
हिजो ,आज ,भोलि ,भबिष्य छाड
ऐले,भर्खर खै?
चुरोटको धुवा झै   बक्र,अब्यबस्थित "अराजक" सल्बालाइरहने तमाम सपना,कल्पना ,बिचारहरु !
 "चुरोटे धुवा "सपना,कल्पना,बिचारहरु छाड
ब्यबस्थित,सिधा,शालिन  बिपना खै ?
आकाश,बादल र धर्ती
हिजो ,आज ,भोलि ,भबिष्य र ऐले,भर्खरै
 सपना,कल्पना,बिचार र बिपना ह्या सबै छाड
बरु जाउ कुनै "गुप्त" ठाउको भग्नाबशेषको भग्नाबशेष टुंडाल हेर्न ! !
उफ!
छाड सबै………
टुडाल
टुडाल
टुडाल खै ?!

(टुडाल स्वतन्त्रताको प्रतिक मान्दिदा  के जान्छ र ? गुप्त ठाउको गुप्त स्वतन्त्रता अर्थात एकान्तताको स्वतन्त्रता !!)

भ्रामक आकृति र अस्थित्वको खोजी


"भ्रामक "आकृति र  अस्थित्वको खोज
……………………………………………………

जलिरहेको " उग्र" ज्वालामा
जल्दैको चिता माथिको मृत शरीरबाट
उडिरहेको आँखा तिर्मिराउने बक्र,अब्यबस्थित ,कालो,खैरो ,सेतो विभिन्न रङ्धारी धुवामा देखिरहेछु !
प्रस्ट,ब्यबस्थित,स्वच्छ "भ्रामक"आकृती ।-
मृत शरीर सङ्गै
पूरा हुन नसकेका सपना,भावना,कल्पना……
अनि जलिरहेछ्न र बेप्रबाह उडिरहेछ्न
दबाइएका,दबाउन बाध्य पारिएका अनेकौ बिचारहरु ……
उन्मुक्त र स्वतन्त्र ! जताततै तल,माथी दायाँ ,बायाँ यत्रतत्र ………
सायद :
अस्थित्वको खोजिमा( ?)अनन्त तिर……



Thursday, March 23, 2017

शासक


शासक
……………………………………

एउटा कुर्सी कम राखि
डौड्न  नसक्नेलाई पनि सहभागी गराइ,
खेलाइरहेछौ"म्युजिकल चिएर"खेल !
अनि, उसैलाइ प्रश्न गर्छौ - भुइँमा किन बस्या ??
हासौ कि रोउँ?
तिम्रो"दया,माया,ममता "देखेर ?

©siudileep

Wednesday, March 22, 2017

मान्छे (हामी)अर्थात "बुख्याचा"अर्थात "झुठ /भ्रम "



मान्छे (हामी)अर्थात "बुख्याचा"अर्थात "झुठ /भ्रम "
………………………………………………………
                                                                                  (फोटो-स्कृप्ट पीदुस )
हामी अर्थात मान्छे अर्थात बुख्याचा …………                                                                      
बुख्याचा अर्थात मान्छे ………
मान्छे (हामी )ले बुख्याचा बनाइरहेछ्म ,
मान्छे (हामी)बुख्याचा बनिरहेछम ।
कत्रो भ्रम ,कति ठूलो झुठ !
बुख्याचालाई मान्छे ठान्दै/ठानिदिउन भन्दै,
मान्छे (हामी) चै बुख्याचै बनिरहेछ्म ।
अर्थात बुख्याचा मान्छे ,
मान्छे बुख्याचा ।
अर्थात "मिठो"झुठ /भ्रम(?) !………………
अर्थात मानिरहेको "प्रिय"सत्य(?) !………………………
…………………


© Siudileep  

Friday, March 10, 2017

ऐठन

           ऐठन
……………………………………………

कहिले काहीँ सपनाका कुरा गरम ।
अनुहार भरी मुज्जाले भरिएकी दुब्ली बृद्दा छेउमै सुतेको सानो ख्याउटे नातिको नजिकै बसेर गडेका आँखाले एकोहोरो कतै हेर्दै थे अनि सायद के के धेरै सोच्दै थ्यो त्यो मन ! अपरिचित,नचिनेको अनुहार,ठाउँ भयपनी फ्याट्ट सोधिहालेछु (बृद्दा देखेपछी नचिनेपनी मानबियताले हो या केले सोधियो कुन्नी हुनत सपना न हो जे पनि देखिने )सन्चै हुनुन्छ "आमा"? अनि उन्ले एकोहोरो भनिन -
***************************************
घाटिमा गुलेली भिरी,
गोजाभरीका मट्याङ्ग्राको भारले
घुडा सम्मै लत्रेको कट्टु हातले सम्हाल्दै ,
बासघारीबाट दिनरात हल्ला गर्ने "चरा"
ताक्दै गको नाति ……
गुलेली समेत फ्याकी
मट्याङ्ग्रा सक्काएर
जादा कट्टु समालेका हातले , (
मट्टयाङ्ग्रा सकिएर हल्कि'एको कट्टु आफै सम्हालिएपछी)
घिटिघिटी श्वास मात्रको रगताम्मे परेवा झुन्डाउदै आयो !
त्यसदिन देखि ………
यस्तो हालत देखेर पनि सन्चो बिसन्चो सोध्छौ?
उफ!
साच्चै तिमी अबुझ कि ,अज्ञानी कि, बुझ पचाउन माहिर ?
……………!
**************************************
यतिखेरै निद्रा खुल्यो मुख सुक्या रछ ,पसिनै पसिना भैयछ !फेरि निदाउन धेरै प्रयत्न गर्नु पर्यो । फेरि सपनामा उहीँ ठाउँ उहीँ अनुहार उहीँ अबस्थामा तर पहिलो सपनामा भन्दा बढी बृद्द शरीर तर नाति देखिएन ( केही घण्टाको अन्तरालमा देखेपनी पहिलो सपना देखेको समय र दोश्रो पटक देख्दाको समय केही बर्षको अन्तराल ) सन्चो बिसन्चो सोध्न नपाउदै मलाइ देख्दा बित्तिकै भनिन -
*********************************************
बाबू !त्यो बाँसघारी बढेर घरसम्मै आइपुग्यो
बासघारीमा बसेर कराउने/हल्ला गर्ने "चरा"को
चिच्चाहाट झन बेसि भाछ !
गुलेली,मट्याङ्ग्रा ,सबै सक्किए
र गुलेली चलाउने नातिपनि !
सकि नसकी ढुङ्गा निकालेरै हान्न पनि तागत छैन त्या पुर्याउने!
र हानीहाल्न पनि डर लाग्छ
कतै "चरा"को ठाउँमा परेवालाई लाग्ने पो होकि?
चिच्याएर लखेट्न हुन्थ्यो तर यो सासमात्रको"सुस्केरा"ले पनि
घुरघुर गर्ने परेवाकै घुरघुर बिथोल्छ कि?
त्यसैले चुपचाप "हल्ला"स्विकार्नै बेस बाबू !!
******************************************
निद्रा फेरि खुल्यो मात्र यत्ती सम्झिए केवल बृद्दाको एकलाप मात्र !धेरै कुरा पो भयकी सपनामा ,सबै बिर्सिएर यत्ती सम्झिए कि मात्र यत्ती नै देखे खै ?! तर सपना नभएर बिपना भाको भे दोहोरो कुरा गर्थे बृद्दासङ्ग । र धेरै कुरा सोध्थे उनिसङ्ग सुख(?) दु:ख का र सम्पुर्ण परिवारका । सपनामा नखुलेका पाटाहरुको बारेमा!
तर सपना चै आफुले चाहे जस्तो नहुने ! )
**********************************************


बुद्द परेवा र एक थान सपना

       बुद्द,परेवा र एक थान सपना
       
---------------------------
रगत लतपतिएको कुरुप
बुद्दको मुर्ति देखाउदै,
 हड्बडाउदै भाइ चिच्यायो -
दा~~जु....दा~~जु...
परेवाको मासु गज्जब मीठो हुदो रैछ!
अचानो भेटेन मुर्तीले काम चलाय।
भाइ !
मेरो मन, मस्तिष्क "बिचलित,अशान्त,बिकृत "कि तेरो?
कि देशै?..
कि सन्सारै ?..
कि मात्र मेरो स्प्न ?.........

©siudileep

भागदौड

 किन भरीरहेछन्  अञ्जली-अञ्जली,  मुठ्ठी-मुठ्ठी  बालुवा ।  र दौडिरहेछन् जोडजोडले  च्याप्दै अञ्जली, जोडजोडले  कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...