क्लाउड , इल्युजन , टुडाल,
******************************
आकाश ………/विभिन्न आकृतीमा टुक्रिएका र बुर्कुसी'एका बादल !
आकाश ,बादल छाड
धर्ती खै ?
उफ!
हिजो,आज,भोलि,भबिष्य !
हिजो ,आज ,भोलि ,भबिष्य छाड
ऐले,भर्खर खै?
चुरोटको धुवा झै बक्र,अब्यबस्थित "अराजक" सल्बालाइरहने तमाम सपना,कल्पना ,बिचारहरु !
"चुरोटे धुवा "सपना,कल्पना,बिचारहरु छाड
ब्यबस्थित,सिधा,शालिन बिपना खै ?
आकाश,बादल र धर्ती
हिजो ,आज ,भोलि ,भबिष्य र ऐले,भर्खरै
सपना,कल्पना,बिचार र बिपना ह्या सबै छाड
बरु जाउ कुनै "गुप्त" ठाउको भग्नाबशेषको भग्नाबशेष टुंडाल हेर्न ! !
उफ!
छाड सबै………
टुडाल
टुडाल
टुडाल खै ?!
(टुडाल स्वतन्त्रताको प्रतिक मान्दिदा के जान्छ र ? गुप्त ठाउको गुप्त स्वतन्त्रता अर्थात एकान्तताको स्वतन्त्रता !!)
Subscribe to:
Post Comments (Atom)
भागदौड
किन भरीरहेछन् अञ्जली-अञ्जली, मुठ्ठी-मुठ्ठी बालुवा । र दौडिरहेछन् जोडजोडले च्याप्दै अञ्जली, जोडजोडले कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...
-
किन भरीरहेछन् अञ्जली-अञ्जली, मुठ्ठी-मुठ्ठी बालुवा । र दौडिरहेछन् जोडजोडले च्याप्दै अञ्जली, जोडजोडले कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...
-
अक्षरका थुप्रा र ,समाहित(?) "जिबन चक्र" ************************************ असरल्ल छिरलिएका "अक्षर"का थुप्रोक...
-
बसाइसराइ ******************** "समबेदना" अचेल क्रमश: क्रमश : बसाइ सर्दैछन /सरे मुटु बाट [मुटुबाट त धेरै भो सरेको ] ! ओठ , ...
No comments:
Post a Comment