Sunday, March 26, 2017

असहमति

असहमति
*****************

तिमी,
अ तिमी……

राममा  कुनै खोट,दोषै देख्दैनौ,
गुणै गुण ,असल मर्यादा मात्र देख्छौ !
तर,
 रावणमा कुनै गुण ,असल मर्यादा बिहिन
 दोषै दोष र खोटै खोट मात्र  देख्छौ !

म चाहि
अ म ………

रामका खोट,दोष
र,
रावणका गुण,असल मर्यादाका पनि  कुरा गरम भन्छु ।
त्यसैले त कुरा मिल्देन मित्र !
अ मित्र त्यसैले त कुरा मिल्देन !!!
………………………………………………
……………………………………………………
……………………………………………………………………
तिमी
अ तिमी ……

तितेकरेला तितो नहोस भन्ने चाहन्छौ !


म चाहिँ
अ म चै …

तितेकरेला तितै होस भन्न्छु !

तितै गुण खोज्छु ।
त्यसैले त कुरा मिल्देन मित्र !
अ मित्र त्यसैले त कुरा मिल्देन !!!


©siudileep

No comments:

Post a Comment

भागदौड

 किन भरीरहेछन्  अञ्जली-अञ्जली,  मुठ्ठी-मुठ्ठी  बालुवा ।  र दौडिरहेछन् जोडजोडले  च्याप्दै अञ्जली, जोडजोडले  कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...