Saturday, March 25, 2017

बलि

बलि
……………………

उसले मेरो भाषा बुझ्ने भए,
खुसुक्क उसलाई सुजाउथे -
आफ्नो मनोकांक्षा पुरा भाको "भ्रामक" उन्मादमा
"बुज्रुकले" बलि दिन तयार पारेका
अन्य आफूजस्तै निरियहरुको
गर्दन छिनिएको हेर्दै,
आफ्नो पालो कुर्दै थर्रर काप्दै,
टाउको हल्लाईरहेको निरीह पशुलाई !
"हे भगवान
ति "बुज्रुकको"आकांक्षा पुरा गरि
हामी निरियको बलि खानुभन्दा
हामि भन्दा राम्रो,,ठुलो,बुद्दिमान ,चेतानसिल भनौदो
उसकै बलि खाउ हुदैन भगवान?
र मलाइ/हामिलाइ बचाउ ,मेरो आकङ्कक्षापूरा गर ।
तिम्रो लागि,
आखिर ति र हामी मा के भिन्नता??"
तर,
न उसले मेरो भाषा बुज्छ
न भगवान"भनौदोले"उसको।
…………………………………
चेतनसिल ,सर्बश्रेश्रेष्ठ ,बिबेकी भनौदो मानव
र उस्ले बनाको अचेनशिल  "भगवान"
सायद :
अचेनशिल ,निरीहको दुर्दशा र बलि मै रमाउदो हो !


©siudileep

No comments:

Post a Comment

भागदौड

 किन भरीरहेछन्  अञ्जली-अञ्जली,  मुठ्ठी-मुठ्ठी  बालुवा ।  र दौडिरहेछन् जोडजोडले  च्याप्दै अञ्जली, जोडजोडले  कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...