Saturday, March 25, 2017

अबिश्वास

अबिस्वास
*******************

कुनै दिन……
मस्तिष्क छरपस्ट भै,
आफूखुशी बिचार,कल्पना,सोचाइ सल्बलाउन,डौड्न थाले भने!
उफ!...
साच्ची के गर्दा हुन ?
कुहिने त कम्पोस्ट मल बन्लान!
नकुहिने चै ?
अनि मानव देखेर तर्सिने त तर्सेलान!
नतर्सिने चै ?
फेरि गुच्मुचिन ,थिचिन
उहीँ कोमा खोज्दा हुन कि ?
साच्चै के गर्दा हुन ?
साच्ची के ,के गर्दा हुन ?.......
फोडम खप्पर ? पारिदिम मस्तिष्क छरपस्ट?
सल्बलाउन दिम बिचारहरु !
तर...!!!!
फेरि ,डर लाग्छ ।
जर्ज गर्नेहरुको निस्पक्षततासंग , (
 को नै छ र निस्पक्ष ,स्वतन्त्र जर्ज गर्ने ?.......)

No comments:

Post a Comment

भागदौड

 किन भरीरहेछन्  अञ्जली-अञ्जली,  मुठ्ठी-मुठ्ठी  बालुवा ।  र दौडिरहेछन् जोडजोडले  च्याप्दै अञ्जली, जोडजोडले  कस्दै मुठ्ठी अर्को किनारासम्म ? छ...